दुर्घटना न्यूनीकरण गर्न ‘जेब्राक्रस’ तथा ‘स्पिड ब्रेकर’ निर्माण शुरु  « Khabarhub

दुर्घटना न्यूनीकरण गर्न ‘जेब्राक्रस’ तथा ‘स्पिड ब्रेकर’ निर्माण शुरु 


२१ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

खोटाङ– जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारका विभिन्न ठाउँमा पैदल यात्रु आवतजावत गर्ने स्थाल् (जेब्रा क्रस) तथा तीव्र गति नियन्त्रण गर्ने स्थाल् (स्पिड ब्रेकर) निर्माण शुरु गरिएको छ । बढ्दो सवारी चापका कारण हुन सक्ने दुर्घटनालाई न्यूनीकरण गर्ने उद्देश्यका साथ दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका र जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङको सहकार्यमा ती काम थालिएको गरिएको हो । 

दिक्तेल बजारस्थित किराँत चोकमा सोमबार जेब्रा क्रसको रेखा कोरेर कामको शुरुवात गरिएको छ । नगरपालिकाको नौँ लाख ९३ हजार ८०७ मा सम्पन्न हुने जेब्रा क्रस तथा स्पिड ब्रेकर कार्यक्रमको शुभारम्भ नगर प्रमुख तीर्थराज भट्टराई, प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाई र प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङले संयुक्तरुपमा जेब्रा क्रसको रेखा कोरेर गरेका हुन् ।

आगामी असार मसान्तसम्म सम्पन्न गर्नेगरी नगरपालिकाबाट स्वीकृत भएको ‘होम्स तथा सडक मर्मत कार्यक्रम’ अन्तरगत दिक्तेल बजारका विभिन्न १६ ठाउँमा स्पिड ब्रेकर तथा दश ठाउँमा जेब्रा क्रस निर्माण गर्नुपर्ने सम्झौतापत्रमा उल्लेख छ । सजीव निर्माण सेवा कम्पनी खोटाङले कोटेशनमार्फत जिम्मा लिएको कार्यक्रम अन्तरगत अल्छेढुङ्गा–अस्पताल चोक सडकखण्डमा कजवेसमेत निर्माण गर्नुपर्ने जनाइएको छ । 

सम्झौता अनुसार विभिन्न दश ठाउँमा स्पिड ब्रेकरको कामसमेत शुरु गरिएको कम्पनीका प्रतिनिधि श्यामकुमार पौडेलले जानकारी दिए। ढलानको काम भइरहेको दिक्तेल बजारको सडकमा स्पिड ब्रेकर तथा जेब्रा क्रस नहुँदा यसअघि पटक–पटक दुर्घटना हुँदै आएको छ । 

सवारी सञ्चालन गर्दा तीव्र गतिका कारण हुन सक्ने सम्भावित दुर्घटनालाई न्यूनीकरण गर्ने उद्देश्यले स्पिड ब्रेकर तथा जेब्रा क्रस बनाउन नगरपालिकाको तर्फबाट आर्थिक एवम् प्राविधिक सहयोग गरिएको नगर प्रमुख भट्टराईले जानकारी दिएका छन्। 

प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलबार  ६ : ०९ बजे

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन

सुदूरपश्चिममा राजस्व सङ्कलन नरोकिने

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को