दमौलीको फोहर भतेरीमा विसर्जन गरिने « Khabarhub

दमौलीको फोहर भतेरीमा विसर्जन गरिने


२१ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

दमौली– तनहुँको सदरमुकाम दमौली बजार क्षेत्रबाट निस्कने फोहरलाई पुनः व्यास नगरपालिका-३ मादी भतेरीमा विसर्जन गरिने भएको छ । मादी नदीका कारण भतेरी कटानमा परेपछि हाल बुद्धसिंमार्गअन्तर्गत व्यास-१३ सोढेमा फोहर फालिँदै आएकामा नगरपालिकाले पुनः भतेरीमा नै फोहर विसर्जन गर्ने तयारी गरेको हो ।

बुद्धसिंमार्गमा फोहर फालिँदा यहाँ भएर यात्रा गर्ने यात्रु र सर्वसाधारणलाई दुर्गन्ध भएपछि स्थानीयको मागबमोजिम अर्को व्यवस्था नभएसम्मका लागि मादी नदीमा तटबन्ध गरी खाडल परेको स्थानमा फोहर फाल्ने निर्णय भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीले जानकारी दिए। 

‘बुद्धसिंमार्गमा फोहर फालिँदै आएकामा स्थानीयबाट वैकल्पिक स्थान खोज्न माग भइरहेकाले अर्को व्यवस्था नभएसम्म पुनः भतेरीमा फोहर फाल्नुपर्ने बाध्यता आएको छ’, उनले भने, ‘नदीमा फोहरमैला प्रवाह नहुने गरी फोहरमैला विसर्जन गर्ने, हाललाई फोहरमैला छनोट प्रक्रिया स्थगन गर्ने र स्थानीयसँग समन्वय गर्ने र आवश्यक पूर्वाधार निर्माण गर्ने निर्णय भएको छ ।’

बुद्धसिंमार्ग दमौली-मुग्लिन-नारायणगढको विकल्पका रूपमा रहेको सडक हो । बुद्धसिंमार्गको दमौली–बेलवास हुँदै भरतपुर महानगरपालिकाको घुमाउनेमा निस्किन्छ ।

 यो मार्ग हुँदै घुमाउने पुग्न पृथ्वीराजमार्गबाट भन्दा २५ किलोमिटर छोटो पर्छ । गण्डकी प्रदेश सरकारले यो मार्गको १० किलोमिटर खण्डमा कालोपत्रको तयारी पनि गरिरहेको छ ।

बुद्धसिंमार्गमा बाटैभरि फोहर हुँदा नाक थुनेर हिँड्नुपर्ने बाध्यता थियो । दमौलीबाट सुढेसम्मको १० किलोमिटर सडक कालोपत्रका लागि बोलपत्र आह्वान भइसकेको छ । पोखरा–नारायणगढ सडकको विकल्पमा तयार गरिएको बुद्धसिंमार्गको थप स्तरोन्नति र घुमाउनेमा पुल निर्माण सम्पन्न भएपछि यस क्षेत्रका नागरिकलाई चितवन र तराईका विभिन्न जिल्लामा जान समय बचत हुन्छ । 

बुद्धसिंमार्गमा फोहर फाल्नुअघि नगरपालिकाले व्यास –१ रत्यौलीमा जग्गा भाडामा लिएर फोहर फाल्दै आएको थियो । स्थापनाको ३० वर्षसम्म पनि नगरपालिकाले सरसफाइ केन्द्र बनाउन सकेको छैन । व्यास–१० स्थित मङ्गलीगैह्रामा सरसफाइ केन्द्र बनाउने तयारी गरिँदा स्थानीयले विरोध गरेपछि नगरपालिकाले त्यसबाट पनि पछि हटेको थियो । व्यास नगरपालिकाले बजार क्षेत्रको वडा नं २, ३ र ४ बाट दैनिकरूपमा फोहर संकलन गर्दै आएको छ । नगरपालिकाका बजार क्षेत्रबाट दैनिक ११ टन फोहर संकलन हुने गरेको छ । 

नगरपालिकाले सरसफाइ केन्द्र निर्माणका लागि वालिङ नगरपालिकाले बनाएको फोहरमैला व्यवस्थापन केन्द्रको पनि अध्ययन अवलोकन गरेको थियो । नगरपालिका सरसफाइ शाखाका भाग्यशाली ढुङ्गानाका अनुसार व्यास नगरपालिकाको बजार क्षेत्रको वडा नं २, ३ र ४ बाट दैनिक ११ टन फोहर संकलन हुँदै आएको छ । यसमध्ये कुहिने फोहर व्यास –१० दुम्सीमा मल उत्पादनमा प्रयोग गर्ने गरिएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलबार  ७ : ०६ बजे

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन

सुदूरपश्चिममा राजस्व सङ्कलन नरोकिने

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को