आफ्ना उम्मेदवारलाई विजयी गराउन सत्ता गठबन्धनको आह्वान | Khabarhub Khabarhub

आफ्ना उम्मेदवारलाई विजयी गराउन सत्ता गठबन्धनको आह्वान


२१ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- वैशाख १० गते हुने उपनिर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारलाई विजयी गराउन सत्ता गठबन्धनका प्रमुख पाँच दलका शीर्ष नेताले आह्वान गरेका छन् ।

आज संयुक्त विज्ञप्ति सार्वजनिक गर्दै सत्ता गठबन्धनका शीर्ष नेताले तनहुँ १, चितवन २ र बारा २ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका सत्ता गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आह्वान गरेका हुन् ।

आह्वानमा प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले हस्ताक्षर गरेका छन् ।

संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘आगामी २०८० वैशाख १० गते आइतबारका दिन हुन लागेको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि गठबन्धन दलका तर्फबाट तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका गोविन्द भट्टराई, चितवन जिल्ला निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ र बारा जिल्ला निर्वाचन क्षेत्र नं २ मा जनता समाजवादी पार्टी, नेपालका उपेन्द्र यादवको उम्मेदवारी दर्ता भइसकेको सन्दर्भमा गठबन्धन दलका आधिकारिक उम्मेदवारलाई विजयी गराई निर्वाचनलाई परिणाममुखी बनाउन गठबन्धन दलका पार्टी पङ्क्ति एकीकृत रूपमा परिचालित हुन आवश्यक छ ।’

प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलबार  ६ : ३६ बजे

निर्वाचन र पुनःनिर्माणका लागि बजेट स्रोत खोज्न तीन सदस्यीय कार्यदल गठन

काठमाडौं– जेनजी आन्दोलनका क्रममा क्षति पुगेका भौतिक संरचनाको पुनःनिर्माण र

विश्वभर उथलपुथल ल्याएका २१ औँ शताब्दीका पाँच क्रान्ति

काठमाडौँ- भदौ २३ र २४ गते भएको जेन-जी प्रदर्शनपछि नेपाली

गृहमन्त्री अर्यालले प्रहरीलाई भने- उच्च मनोबलसहित काममा खट्नुहोस्

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले उच्च मनोबलका साथ काममा खटिन ट्राफिक

जेन-जी सहिदको शवयात्रा : ६ जनाको शव हेलिकप्टरबाट गाउँ लगिने (तस्बिरहरू)

काठमाडौं– भदौ २३ गते भएको जेन-जी आन्दोलनमा ज्यान गुमाएका जेन-जी

फिल्म ‘बलिदान’को गीत सार्वजनिक, आमाको भूमिकामा हुन् ऋचा ?

काठमाडौं – आगामी फूलपाती अर्थात् असोज १३ बाट प्रदर्शनमा आउन