ए डिभिजन लिग : सातदोबाटोलाई हराउँदै जावलाखेल शीर्ष स्थानमा « Khabarhub

ए डिभिजन लिग : सातदोबाटोलाई हराउँदै जावलाखेल शीर्ष स्थानमा


२१ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आजको खेलमा जावलाखेल युथ क्लबले सातदोबाटो युथ क्लबलाई पराजित गर्दै अङ्क तालिकाको शीर्ष स्थानमा उक्लेको छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०को कम्प्लेक्समा भएको खेलमा जावलाखेल सातदोबाटो युथ क्लबलाई २–१ गोल अन्तरले हराउँदै अङ्कतालिकाको शीर्ष स्थान उक्लिएको हो । जितसँगै जावलाखेलले ६ खेलमा १३ अङ्क जोडेको छ ।

जावलाखेलको जितमा फोडे फोफाना र एनकोटो मोसाबीले एक–एक गोल गरे । यता सातदोबाटोका लागि भने दीपकसिंह ठकुरीले एक गोल फर्काए । खेलको ४३ औँ मिनेटमा फोफानाले पेनाल्टीमार्फत गोल गर्दै जावलाखेललाई पहिलो अग्रता दिलाए । त्यसपछि खेलको ५० औँ मिनेटमा मोसाबीले गोल गर्दा जावलाखेलको अग्रता दोब्बर बनाए ।

खेलको ७५ औँ मिनेटमा सातदोबाटोका दीपकले एक गोल फर्काए पनि जावलाखेल २–१ ले विजयी भयो । पराजित सातदोबाटो ६ खेलमा १२ अङ्क जोडेर तेस्रो स्थानमा झरेको छ ।

त्यसैगरी सातदोबाटोस्थित च्यासल मैदानमा आजै भएको अर्को खेलमा न्यूरोड टिम (एनआरटी) र चर्च ब्वाइज क्लबले २–२ गोलको बराबरी खेल्दै अङ्क बाडेका छन् । खेलको २० औँ मिनेटमा चर्च ब्वाइजका आशिष चौधरीले गोल गरे । त्यस्तै खेलको ६२ औँ मिनेटमा कप्तान अनन्त तामाङले गोल गर्दै चर्च ब्वाइजलाई २–० को अग्रता दिलाए तर त्यो चर्च ब्वाइज क्लबको उक्त अग्रता लामो समयसम्म टिक्न सकेन ।

खेलको ७१ औँ मिनेटमा एनआरटीका रोहन खड्कीले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए । त्यसपछि खेलको दोस्रो हाफको अतिरिक्त समयमा एनआरटीका अर्का खेलाडी सरोज तामाङले एक गोल गरेपछि खेल २–२ गोलको बराबरीमा सकियो । यस बराबरी खेलसँगै एनआरटीले ६ खेलमा ३ अङ्क जोडेको छ भने चर्च ब्वाइजले ६ खेलमा १२ अङ्क जोडेको छ । चर्च ब्वाइज अङ्कतालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलबार  ८ : ०८ बजे

यस्तो छ देवीघाटमा पाँच दिनमा तयार एक्रो ब्रिज (तस्बिरहरू)

काठमाडौं– नुवाकोटको विदुर नगरपालिका–५ देवीघाटस्थित तादी नदीमा नेपाली सेनाले एक्रो ब्रिज

बालेनले गुमाए ‘तेस्रो विकेट’, प्रतिवेदन लुकाएर सुधनलाई हतार-हतार बनाएका थिए फेरि मन्त्री

काठमाडौं– सरकारको नेतृत्व गरेको पाँच महिनामा वालेन्द्र शाह ‘बालेन’को मन्त्रिमण्डलबाट

खेलाडीलाई बिदाइ गर्दै मन्त्रीले भने- बिना दबाब निडर भएर खेल्नू

काठमाडौं– जापानमा हुने २० औँ एसियाली खेलकुदमा सहभागी हुने नेपाली

नवनियुक्त उद्योगमन्त्री दीपककुमार साहद्वारा पदभार ग्रहण

काठमाडौं- नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन्