पर्यटकीय गाउँ घलेलमा चलचित्र पत्रकारिता कार्यशाला « Khabarhub

पर्यटकीय गाउँ घलेलमा चलचित्र पत्रकारिता कार्यशाला


२१ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

गण्डकी – चलचित्र पत्रकार सङ्घ नेपाल कास्कीको आयोजनामा माछापुच्छ्रे गाउँपालिका–८ स्थित पर्यटकीय गाउँ घलेलमा चलचित्र पत्रकारिता कार्यशाला सम्पन्न भएको छ ।

चलचित्रका क्षेत्रमा कलम चलाउने पत्रकारको क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ दुई दिने कार्यशाला आयोजना गरिएको चलचित्र पत्रकार सङ्घ कास्कीका अध्यक्ष प्रभु अधिकारीले जानकारी दिए ।

करिब ५० जना पत्रकार सहभागी कार्याशालामा सुरेश रानाभाट, केशवशरण लामिछाने र नारायण अमृतले प्रशिक्षण दिएका थिए । कार्याशालाको उद्घाटन गर्दै माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङले घलेल धेरै पर्यटकीय सम्भावना बोकेको स्थान रहेर पनि ओझेलमा परेको बताए ।

मर्दी हिमाल, खुमैलगायतका स्थानमा जाने प्रमुख गन्तव्य घलेल भए पनि यसको पर्यटकीयरूपमा विकास हुन नसकेको उनले बताए । प्राचीन मौलिक बस्तीसँगै नजिकबाट हिमाल नियाल्नका लागि पनि घलेल उपयुक्त गन्तव्य रहेको भन्दै उनले गाउँमाथि रहेका तारे बराह, महागुरु गुम्बा आदि धार्मिकरूपमा विशिष्टस्थल भएको बताए ।

माछापुच्छ्रे–८ का वडाध्यक्ष राम गुरुङले पछिल्लो समयमा बसाइँसराइको बढ्दो क्रम घलेलका लागि चुनौती बनेको बताए । चलचित्र छायाङ्कनका लागि घलेल उपयुक्तस्थल भएको बताउँदै उनले यसको प्रवर्द्धनको खाँचो औँल्याए।

चलचित्र पत्रकार सङ्घका केन्द्रीय अध्यक्ष समिर बलामीले कृष्णचन्द्रसिंह प्रधानदेखिको चलचित्र पत्रकारिताको इतिहास रहेको उल्लेख गर्दै यस्ता तालिम तथा कार्यशालाले यस क्षेत्रमा कलम चलाउनेलाई थप परिष्कृत बनाउने बताए ।

कार्यक्रममा चलचित्र पत्रकार सङ्घ कास्कीका संस्थापक अध्यक्ष श्रीराम सिग्देल, कार्यक्रम संयोजक सुरेश सुनार, घलेल सामुदायिक होमस्टेका सचिव सुनकुमारी गुरुङ, नेपाल पत्रकार महसङ्घ कास्कीका उपाध्यक्ष रामप्रसाद तिमल्सिना, सङ्घका सचिव सन्तोष बस्याललगायतले बोलेका थिए ।

प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलबार  ९ : ३२ बजे

यस्तो छ देवीघाटमा पाँच दिनमा तयार एक्रो ब्रिज (तस्बिरहरू)

काठमाडौं– नुवाकोटको विदुर नगरपालिका–५ देवीघाटस्थित तादी नदीमा नेपाली सेनाले एक्रो ब्रिज

बालेनले गुमाए ‘तेस्रो विकेट’, प्रतिवेदन लुकाएर सुधनलाई हतार-हतार बनाएका थिए फेरि मन्त्री

काठमाडौं– सरकारको नेतृत्व गरेको पाँच महिनामा वालेन्द्र शाह ‘बालेन’को मन्त्रिमण्डलबाट

खेलाडीलाई बिदाइ गर्दै मन्त्रीले भने- बिना दबाब निडर भएर खेल्नू

काठमाडौं– जापानमा हुने २० औँ एसियाली खेलकुदमा सहभागी हुने नेपाली

नवनियुक्त उद्योगमन्त्री दीपककुमार साहद्वारा पदभार ग्रहण

काठमाडौं- नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन्