कोरोना सङ्क्रमण बढेसँगै सीमामा कडाइ « Khabarhub

कोरोना सङ्क्रमण बढेसँगै सीमामा कडाइ


२१ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – दार्चुलामा एक २० वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सीमामा कडाइ गरिएको छ ।

भारतको चेन्नइबाट घर फर्किएका नौगाड गाउँपालिका–३ का पुरुषमा आज कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिए। सिमानाका पुलघाटमा भारत फर्किएका ती पुरुषको एन्टिजेन परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

सूचना अधिकारी कार्कीका अनुसार कोरोना पुष्टि भएका उनलाई होम आइसोलेसनमा बस्नेगरी आजै घर पठाइएको छ । भारतमा कोरोना सङ्क्रमण बढ्न थालेको छ । भारतमा मजदुरी गरी घर फर्किनेहरुमा कोरोना सङ्क्रमण देखिन थालेको उनले बताए । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सीमामा कडाई गरीएको प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिए ।

नयाँ वर्ष विशु पर्व नजिक आउँदै गरेकाले भारतका विभिन्न ठाउँमा रहेका नेपाली पर्व मनाउन घर फर्किने क्रम बढ्दो छ । यसलाई ध्यानमा राख्दै कोरोना परीक्षण गर्न थालिएको जिल्ला स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत जयराज भट्टले जानकारी दिए ।

प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलबार  ९ : ५९ बजे

प्रत्येक जिल्लमा एउटा विद्यालयलाई नमूना विद्यालय बनाउने

काठमाडौं– मधेश सरकारले मधेसका प्रत्येक जिल्लामा एउटा नमूना विद्यालय बनाउने

राउटे समुदायलाई मूल प्रवाहमा ल्याउने नीति

काँक्रेविहार– राउटे संरक्षण नीति स्वीकृत भएसँगै कर्णालीका विभिन्न जिल्लामा बसोबास

मधेसले अब किसानलाई उत्पादनमा आधारित मात्रै अनुदान दिने

काठमाडौं– मधेस प्रदेश सरकारले अब किसानलाई उत्पादन आधारित मात्रै अनुदान

मधेश प्रदेश बजेट : एक करोड भन्दा कम आयोजनामा बजेट विनियोजन नगर्ने

काठमाडौं– मधेश प्रदेशले आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन गर्दा एक

यसअघिका सरकारले गरेको गलत कामको छानबिन गर्न नेकपाको चुनौती

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद महेन्द्र बहादुर शाहीले