कोरोना सङ्क्रमण बढेसँगै सीमामा कडाइ | Khabarhub Khabarhub

कोरोना सङ्क्रमण बढेसँगै सीमामा कडाइ


२१ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – दार्चुलामा एक २० वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सीमामा कडाइ गरिएको छ ।

भारतको चेन्नइबाट घर फर्किएका नौगाड गाउँपालिका–३ का पुरुषमा आज कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिए। सिमानाका पुलघाटमा भारत फर्किएका ती पुरुषको एन्टिजेन परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

सूचना अधिकारी कार्कीका अनुसार कोरोना पुष्टि भएका उनलाई होम आइसोलेसनमा बस्नेगरी आजै घर पठाइएको छ । भारतमा कोरोना सङ्क्रमण बढ्न थालेको छ । भारतमा मजदुरी गरी घर फर्किनेहरुमा कोरोना सङ्क्रमण देखिन थालेको उनले बताए । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सीमामा कडाई गरीएको प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिए ।

नयाँ वर्ष विशु पर्व नजिक आउँदै गरेकाले भारतका विभिन्न ठाउँमा रहेका नेपाली पर्व मनाउन घर फर्किने क्रम बढ्दो छ । यसलाई ध्यानमा राख्दै कोरोना परीक्षण गर्न थालिएको जिल्ला स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत जयराज भट्टले जानकारी दिए ।

प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलबार  ९ : ५९ बजे

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको

प्लेअफमा पुग्न चेन्नईले पायो २१९ रनको लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरू

टीओआरका संयोजक गिरी भन्छन् : कार्यदलमा कानूनका जानकार हुनुहुन्छ, न्यायोचित सुझाव दिन्छौँ

काठमाडौं– सत्ता पक्षका दल र प्रतिपक्षका दलबीच सहकारी प्रकरणबारे छानबिन

चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ

काठमाडौं – काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुर महानगरपालिका–२१

राप्ती नदीबाट घडियालका दुई सय ४७ अण्डा सङ्कलन

चितवन – चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने राप्ती नदी किनारबाट