झापाको एक तिहाइ जनसङ्ख्या स्वास्थ्य बीमामा आबद्ध « Khabarhub

झापाको एक तिहाइ जनसङ्ख्या स्वास्थ्य बीमामा आबद्ध


२१ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

झापा – झापामा छ लाख ३३ हजार चार सय ८३ जनाले स्वास्थ्य बीमा गराएका छन् । यो आँकडा जिल्लाको कूल जनसङ्ख्याको एक तिहाइभन्दा बढी हो ।

स्वास्थ्य बीमा बोर्ड झापाका दर्ता अधिकारी पुष्पराज भट्टराईका अनुसार बीमा गराएकामध्ये तीन लाख २६ हजार सात सय ४३ महिला र तीन लाख छ हजार सात सय ३६ पुरुष छन् । स्वास्थ्य बीमामार्फत सेवा पु¥याउने अस्पताल तथा उपचार केन्द्र प्रशस्त भएका कारण झापामा सरकारको स्वास्थ्य बीमाप्रति सर्वसाधारणको आकर्षण बढ्दै गएको उनले बताए ।

जिल्लामा अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्र गरी १२ प्रथम विन्दु तोकिएका छन् । बीमित व्यक्तिले बीमामार्फत उपचार सेवा प्रथम विन्दुबाट थालनी गर्नुपर्ने व्यवस्था छ । अन्यत्र सुविधा सम्पन्न अस्पतालमा जानुपर्ने भए प्रथम विन्दु तोकिएको अस्पतालबाट सिफारिस पत्र बनाउनुपर्छ ।

प्रादेशिक अस्पताल भद्रपुर, दमक अस्पताल र बुद्धशान्ति अस्पताल गरी तीन वटा अस्पताल प्रथम विन्दु तोकिएका छन् भने शिवगञ्ज, शनिश्चरे, धुलाबारी, बनियानी र गौरीगञ्ज गरी पाँच प्राथमिक सेवा केन्द्रले पनि प्रथम विन्दुकै रूपमा उपचार सेवा प्रदान गरिरहेका छन् ।

कमल, कनकाई, बिर्तामोड र हल्दिबारी गरी चार नगर अस्पतालले प्रथम विन्दु उपचार केन्द्रका रूपमा बीमामार्फत सेवा दिइरहेका छन् । बीमा बोर्डका अनुसार बीएन्डसी अस्पताल, लाइफलाइन अस्पताल र एडभान्स अस्पताल गरी तीन वटा निजी क्षेत्रको ठूला अस्पताल हालै स्वास्थ्य बीमाबाट बाहिरिएका छन् ।

निजी क्षेत्रकै ओमसाई पाथिभरा अस्पताल, कनकाई अस्पताल, मेची नेत्रालय, दृष्टि आँखा उपचार केन्द्र, बिर्तामोड आँखा अस्पताल जस्ता ठूला अस्पतालले स्वास्थ्य बीमाको उपचार सेवा प्रदान गरिरहेका छन् । झापामा १५ पालिका र नौ लाख ९४ हजार ९० जनसङ्ख्या रहेको छ । एक तिहाई जनसङ्ख्या समेटिसकेको स्वास्थ्य बीमा सर्वसाधारणमाझ लोकप्रिय बन्दै गएको देखिन्छ ।

प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलबार  १० : ५२ बजे

एनसेल डाटा सेन्टरलाई एएनएसआई/टीआईए–९४२–सी प्रमाणीकरण

काठमाडौं– एनसेल बिजनेसले नख्खु, ललितपुरमा सञ्चालनमा रहेको आफ्नो अत्याधुनिक डाटा सेन्टरले

विपक्षीलाई फकाउँदै रवि, संसद्‍ खोल्न प्रधानमन्त्रीले लिखित जवाफ दिनुपर्ने अडान

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपक्षी दलसँग संवाद

३५ करोड लगानीमा नेपालमै ‘स्किन केयर’ सामग्री उद्योग

काठमाडौं– कोरियन प्रविधि र नेपाली उद्यमशीलताको संयोजनमा नेपालमै विश्वस्तरीय ‘स्किन केयर’

रानीसैनमा सशस्त्र र प्रहरीको अस्थायी ‘बिओपी’ र चौकी स्थापना

बाजुरा– हिमाली गाउँपालिकाको रानीसैन क्षेत्रको संरक्षण र नागरिकको सुरक्षाका लागि

स्वर्णिमको गुनासो- करलाई लिएर मेराबारे संगठित रुपमा अफवाह फैल्याइयो

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले करका विषयमा आफूमाथि संगठित रुपमा अफवाह