मिर्गौलाको पत्थरी वंशाणुगत हुनसक्छ « Khabarhub

मिर्गौलाको पत्थरी वंशाणुगत हुनसक्छ


२१ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

पछिल्लो समय धेरै मानिसमा पत्थरीको समस्या हुने गरेको छ। दैनिक खानेकुरामा ध्यान नदिँदा पत्थरी हुने सम्भावना धेरै हुने गर्दछ। माछा मासु लयागतका खाद्यपदार्थ बढी खानाले पिसाबमा युरिक एसिडको मात्रा बढ्न गएर पत्थरी हुने चिकित्सकको भनाइ छ। चिया कफीसँगै चिसो पेय पदार्थ धेरै पिउनाले पिसाबमा क्याल्सियमको मात्रा बढ्न गएर मिर्गौलामा पत्थरी हुने गर्दछ। पिसाबमा पानीको मात्रा कम हुँदा पनि पत्थरी देखिनसक्छ। कतिपय अवस्थामा जन्मजात पत्थरी हुन्छ। युरिक एसिड बढ्नाले पनि पत्थरी हुन्छ। हाम्रा केही गल्ती र लापरबाहीका कारण मिर्गौलामा समस्या उत्पन्न हुनसक्छ। ती गल्ती र कारण के के हुन् ? यस्तै विषयमा आधारित भएर खबरहबका लागि मेडिसिटी अस्पतालमा कार्यरत युरोलोजिस्ट डा.महेशबहादुर अधिकारीसँग गरिएको कुराकानीको सम्पादित अंश :

मिर्गौलामा पत्थरी के कारणले हुन्छ ?
हाम्रो गलत खानपिनले नै मिर्गौलामा पत्थरी गराउँछ। हाम्रो खानामा समावेश हुने खाद्यवस्तु तथा तत्त्वहरुले पत्थरी गराउने महत्वपूर्ण भूमिका खेलेका हुन्छन्। जस्तो अहिले मान्छेको धेरै बिजी लाइफ छ। आफ्नो स्वास्थ्यका लागि समय दिइएको पाइँदैन। धेरै हिँड्ने मानिसमा पानीको मात्रा कम भएको हुन्छ। जन्मजात बाबुमा स्टोन छ भने छोरामा र दाजुभाइमा पनि हुने हुन्छ। यो समस्या वंशाणुगत रुपमा देखिएको छ।

आफ्नो मिर्गौलामा पत्थरी छ भनेर कसरी थाहा पाउने ?
यदि कसैको मिर्गौलामा पत्थरी छ भने उसलाई पत्थरी भएको ठाउँमा अत्याधिक दुखाईको महसुस हुने, पिसाब फेर्न असहज हुने, पिसाब लाग्ने तर नआउने, बारम्बार पिसाब फेर्न मन लाग्ने, पिसाब फेर्दा पोल्ने, नमिठो गन्धसहित पिसाब धमिलो आउने, कम्पनका साथ ज्वरो आउने, भोक नलाग्ने, छटपटी हुने, पिसाब रोक्न गाह्रो हुने, पिसाबमा रगतसमेत देखिनेलगायत लक्षण देखा पर्छन्।

पत्थरी कुन उमेर समूहमा धेरै हुने गरेको छ ?
यो सबै भन्दा बढी सक्रिय मानिसमा वा काम गर्ने युवामा हुने गरेको छ। यो उमेरको हदमा २० देखि ५० वर्षसम्मको मानिसमा धेरै हुनसक्छ। उनीहरु बढी काममा हिँड्ने, उनीहरुमा खानपानको समय नमिल्ने हुन्छ। यस्तो अवस्थामा शरीरलाई पानी प्रशस्त पुग्दैन र पत्थरी हुन्छ। सहनसक्ने भएकोले उनीहरु कोखमा हल्का दुख्दा इग्नोर गरेर हिँड्छन्। यसको पीडा बढ्दै जाँदा महिलाले बच्चा पाउँदा दुखेजस्तै गरे दुख्छ। यदि कसैलाई त्यस्तो नै भयो भने मात्र अस्पतालमा पुग्ने चलन हाम्रो नेपाली समाजमा प्रशस्त मात्रामा छ। त्यस कारण अहिले समस्या धेरै बढेको छ।

पत्थरी हुनै नदिने उपाय
– पर्याप्त मात्रामा पानी तथा तरल पदार्थको सेवन गर्ने।
– सन्तुलित आहारको व्यवस्था गर्ने।
– तौलको उचित नियन्त्रण गर्ने।
– समय–समयमा स्वास्थ्य जाँच गर्ने ।
– नुन धेरै नखाने।
– माछा मासु थोरै खाने।
– जङ फुडहरू धेरै नखाने।
– खानामा दही, सब्जी, सलाद प्रशस्त मात्रामा खाने।
– कागती पानी र सुन्तलाको जुस लाभदायक मानिन्छ।
– चिया, मदिरा, सोडा, कफीको सेवन नगर्ने।
– पत्थरी भएको मान्छेले दुई हप्तामा एक दिन जति उपवास गर्नु राम्रो हुन्छ।
– पत्थरी सानो भयो भने पानी खाएर पनि निकाल्न सकिन्छ। तर, यसलाई बेवास्ता गरियो भने सानो अप्रेसन हुन्छ। परिवारमा एक जनामा पत्थरी भयो भने त्यो घरको अरू मानिसले समय समयमा परीक्षण गर्नु पर्दछ।

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहीबार  ७ : २५ बजे

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु

सिराहाको गोलबजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा- सिरहाको गोलबजारबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ

४२ प्रतिशत क्षयरोगका बिरामी अझै उपचार बाहिर

काठमाडौं – सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र

पोखरामा ‘अपरेसन ३६५’: चार सय १४ मोटरसाइकल समातिए

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत

चन्द्रनिगाहपुरमा नक्कली सुनसहित चारजना पक्राउ

रौतहट- प्रहरीले रौतहटको चन्द्रनिगाहपुरस्थित जगत रिसोर्ट होटलबाट नक्कली सुनसहित चारजनालाई