सिटीको जितमा हालान्डको कीर्तिमान  « Khabarhub

सिटीको जितमा हालान्डको कीर्तिमान 


२१ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इंग्लिस प्रिमियर लिगको जारी प्रतियोगितामा म्यानचेस्टर सिटी शीर्षस्थान पुग्न सफल भएको छ ।

घरेलु मैदान इतिहाद स्टेडियममा बुधवार राति भएको खेलमा वेस्ट हामलाई ३–० ले पराजित गर्दै सिटी शीर्षस्थानमा उक्लन सफल भएको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा टुंगिए पनि ४९औँ मिनेटमा नाथन एकेले बेस्ट हामबिरुद्ध गोल गर्दै सिटीलाई १–० को अग्रता दिलाए । ७०औँ मिनेटमा एर्लिङ हालान्डले गोल थपे पछि सिटीको अग्रता दोब्बर हुन पुग्यो ।

त्यसपछि खेल सकिनु केही समय अघि अर्थात् ८५औँ मिनेटमा फिल फोडेनले गोल गरे पछि सिटीले ३–० को सानदार जित निकाल्न सफल मात्रै भएन, सिटी शीर्षस्थानमा पनि उक्लिन पायो । यस जितसँगै सिटीले ३३ खेलबाट ७९ अंक बटुलेको छ भने पराजित वेष्टह्याम ३४ खेलबाट ३४ अंक जोड्दै १५ औं स्थानमा छ ।

हालान्डले प्रिमियर लिगको एकै सिजनमा सर्वाधिक ३५ गोल गर्ने कीर्तिमानसमेत बनाएका छन्। उनले ३३ औँ खेलबाट यो कीर्तिमान बनाएका हुन्।

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहीबार  ८ : ०६ बजे

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको

जापानिज इन्सेफ्लाइटिस्बाट यस वर्ष ३५ जनाको मृत्यु

काठमाडौं– जापानिज इन्सेफ्लाइटिस्को सङ्क्रमणबाट यस वर्ष ३५ जनाको मृत्यु भएको

अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबलको तयारी पूरा

धरान– नेपाल प्रहरी विद्यालय धरानको आयोजनामा सञ्चालन हुन लागेको कोशी