फुजैराहमा कार्यरत नेपालीसँग अन्तरक्रिया कार्यक्रम  « Khabarhub

फुजैराहमा कार्यरत नेपालीसँग अन्तरक्रिया कार्यक्रम 



दोहा  – यूएईको फुजैराहमा कार्यरत नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

नेपाली दूतावास, अबुधाबीले युएईको फुजैराह इमिरेट्समा कार्यरत नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो ।

कार्यक्रममा वैदेशिक रोजगारीका क्षेत्रमा नेपाल सरकारले हालै सञ्चालनमा ल्याएको श्रम स्वीकृति, टेली मेडिसिन तथा सामाजिक सुरक्षाका कार्यक्रम लगायतका विषयमा त्यहाँ कार्यरत नेपालीहरूलाई जानकारी दिनुका अतिरिक्त नेपाली कामदारहरूले दैनन्दिन रूपमा भोग्नुपरेका समस्या, गुनासा, दूतावासको सेवा प्रवाहका सन्दर्भमा भएका जिज्ञासा एवम् सुधारका उपायहरू प्रत्यक्ष रूपमा सुन्ने र तत्काल समाधान गर्न सकिने विषयहरूलाई सम्बोधन गरिएको थियो।

कार्यक्रममा कार्यवाहक राजदूत विशाल भट्टराईले यस किसिमका कार्यक्रमहरूबाट नेपाली कामदारहरूको समस्या तथा गुनासाहरू प्रत्यक्ष रूपमा अवगत भई समाधान गर्नमा सघाउ पुग्ने बताए । उनले नेपाली दूतावासले यस्ता कार्यक्रमहरू नियमित रूपमा आयोजना गर्ने र भविष्यमा घुम्ती सेवा समेत सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए ।

दूतावासका श्रम काउन्सेलर दीनबन्धु सुवेदीले नेपाल सरकारले वैदेशिक रोजगारीका क्षेत्रमा हाल लागू गरेका सुधारका विषयहरू समेटी प्रस्तुतीकरण दिएका थिए ।

कार्यक्रममा फुजैराहमा कार्यरत करिब एक सय जना नेपाली श्रमिकहरूको उपस्थिति रहेको थियो।

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहीबार  ९ : ५८ बजे

१३ प्रस्तावित राजदूतको सुनुवाइ सकियो

काठमाडौं – विभिन्न १३ देशका लागि प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ

६ महिने उपलब्धि सुनाउँदै ऊर्जामन्त्रीले भने : नेपाल-भारत विद्युत् आयात-निर्यात क्षमता बढाउने सहमति

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत् व्यापारमा

मानवअधिकार परिषद् सदस्यमा नेपालसहित १५ राष्ट्र निर्वाचित

काठमाडौं-  संयुक्त राष्ट्रसङ्घीय महासभाले नेपालसहित १५ राष्ट्रलाई संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार

नेप्से परिसूचक २१ दशमलव ३२ अङ्कले बढ्यो

काठममाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले

सल्लाघारीमा मुस्ताङका च्याङ्ग्रा बिक्री सुरु, मूल्य प्रतिकेजी १३०० रुपैयाँसम्म (तस्बिरहरू)

भक्तपुर– दसैँ नजिकिएसँगै भक्तपुरको सल्लाघारीमा मुस्ताङबाट ल्याइएका च्याङ्ग्राको बिक्री सुरु