विभिन्न स्थानबाट लागूऔषधसहित ५ जना पक्राउ « Khabarhub

विभिन्न स्थानबाट लागूऔषधसहित ५ जना पक्राउ


२१ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशका विभिन्न स्थानबाट पाँचजना लागूऔषधसहित पक्राउ परेका छन् । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१३ बुलबुलियाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय मिलिग्रामसहित सुर्खेत भेरीगंगा नगरपालिका-९ बस्ने २० वर्षीय विकास श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । 

मोरङको विराटनगर महानगरपालिका-१५ स्थित १ नम्बर ढाटबाट नियन्त्रित लागूऔषध एभिलएम्पुल, डाईजेपामएम्पुल, लुपिजेशिकएम्पुलफेनारागनएम्पुलसहित झापा गौरादह नगरपालिका-७ बस्ने ३५ वर्षीय अशोक विकलाई  प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

दाङको तुलसीपुर उपमहानगरपालिका-९ अटोभिलेजबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ९० मिलिग्रामसहित चितवन भरतपुर महानगरपालिका-२१ पार्वतीपुर बस्ने ३३ वर्षीय सविन घर्तीलाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । 

झापाको दमक नगरपालिका-९ बरगाछी नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्रामसहित २ जनालाई  प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४ कृष्ण मन्दिर बस्ने ३० वर्षीय रोशन विश्वकर्मा र ३० वर्षीय कैलाश कुर्मी रहेका छन् । 

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।     

 

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहीबार  १२ : ५७ बजे

सुर्खेतमा दुई दिन कुरेर सिलिन्डर भर्छन् उपभोक्ता

कर्णाली– सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन आउनेहरूको

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन– ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

गण्डकी– बिना व्यावसायिक योजना निर्माण गरिएका कतिपय विमानस्थल सञ्चालनमा आउन

जेलेन्स्कीलाई बर्नह्यामको पहिलो कूटनीतिक स्वागत, युक्रेनप्रतिको बेलायती समर्थन पुनः पुष्टि

लन्डन- बेलायतका नवनियुक्त प्रधानमन्त्री एन्डी बर्नह्यामले पदभार ग्रहण गरेको एक सातापछि

देवानगञ्ज घटना हुँदा सुनसरीमा थिएनन् दुवैजना एसपी

सुनसरी– सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा