प्रथम चक्रबहादुर ठकुरी स्मृति तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि « Khabarhub

प्रथम चक्रबहादुर ठकुरी स्मृति तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि


२१ बैशाख २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रथम चक्रबहादुर ठकुरी स्मृति जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । श्री सुन्दरी माइ तेक्वान्दो डोजाङ, नेपालको आयोजनामा यो प्रतियोगिता हुन लागेको हो । 

आयोजक डोजाङका प्रमुख एवं प्रतियोगिता संयोजक सुवासचन्द्र गौतमका अनुसार गोकर्णेश्वर नगरपालिकाको प्रायोजनमा हुने प्रतियोगितामा विभिन्न २० डोजाङका २ सय ६० पुरुष र २ सय महिला गरी जम्मा ४ सय ६० खेलाडीको सहभागिता रहने छ ।  सहभागी खेलाडीलाई दर्ता शुल्क नलाग्ने पनि उनले बताए।

प्रतियोगितामा गेरोगोरीमा २१ तथा पुम्से (एकल) मा २ गरी २३ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताका खेलहरू गोकर्णेश्वर नगरपालिका वडा १ को सुन्दरीजलस्थित ओख्रेनी माविमा हुनेछन् ।

गोकर्णेश्वर नगर खेलकुद विकास समिति तथा गोकर्णेश्वर नगर तेक्वान्दो विकास समितिको संयोजनमा हुन लागेको प्रतियोगिताको उत्कृष्ट पुरुषरमहिला खेलाडीलाई जनही ५ हजार रुपैयाँसहित ‘डोबोक’ प्रदान गरिने छ ।

दुईदिने प्रतियोगिता सञ्चालनका लागि करिब ५ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । 

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहिबार  १ : ०९ बजे

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२

एसिया कपमा छनोट टोलीलाई ३० लाख पुरस्कार

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान)ले एसिसी एसिया कपमा स्थान

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

बाँके – बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरलाई कुनै

एनपीएलमा पाकिस्तानी खेलाडीको सभागिता अन्योलमा : क्रिकइन्फो

काठमाडौं- क्रिकेट पोर्टल क्रिकइन्फोले नेपाल प्रिमियर लिग (एनपीएल) मा पाकिस्तानका

कांग्रेसमा व्यापक एकता भएको छ, बाँकीलाई पनि एकताबद्ध गर्छौं : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमा व्यापक एकता कायम