बन्दीपुरमा सुत्केरीलाई निःशुल्क एम्बुलेन्सको व्यवस्था « Khabarhub

बन्दीपुरमा सुत्केरीलाई निःशुल्क एम्बुलेन्सको व्यवस्था


२१ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

बन्दीपुर- बन्दीपुर गाउँपालिकामा सुत्केरीका लागि बन्दीपुर अस्पतालसम्म ल्याउन र लैजान निःशुल्क एम्बुलेन्सको व्यवस्था गरिएको छ । गाउँ कार्यपालिका बैठकले गाउँपालिकाभित्रका सुत्केरीलाई बन्दीपुर अस्पतालसम्म ल्याउन र लैजान निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने निर्णय गरेको हो ।

बन्दीपुर अस्पतालमा उपचार हुन नसकी दमौली अस्पतालसम्म लैजानुपरेको अवस्थामा पनि निःशुल्क रुपमा सेवा दिने निर्णय गरिएको गाउँपालिकाका प्रवक्ता एवं वडा नं १ का अध्यक्ष शिवकुमार श्रेष्ठले जानकारी दिए ।

गाउँपालिकाले विगत १० वर्षयता विदेशबाट नेपाल फर्किएर नेपालमै व्यवसाय गरेको वा व्यवसाय गर्न चाहने नागरिकलाई व्यावसायिक अनुदान कार्यक्रम ल्याएको छ । विदेशबाट फर्किएका २५ देखि ४० वर्षभित्र उमेरसम्मका व्यक्तिलाई बढीमा रु एक लाखसम्म अनुदान दिन लागिएको उनले बताए । उक्त सेवा लिनका लागि राहदानी, श्रम स्वीकृति, व्यवसाय दर्ता, नागरिकता, फोटो, व्यावसायिक योजनालगायतका कागजपत्र पेस गर्न गाउँपालिका कार्यालयले अनुरोध गरेको छ ।

त्यसैगरी बन्दीपुर–१ कार्यालयले घरबाट बाहिर निस्कन नसक्ने नागरिकलाई घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको छ । अशक्त, अपाङ्गता तथा हिँडडुल गर्न नसक्ने नागरिकका आफन्तले वडाबाट सिफारिस लगेपछि बुझेको भत्ता रकम सम्बन्धित व्यक्तिलाई नदिइ खर्च गर्ने गरेको गुनासो आएपछि घरमै पुगेर भत्ता वितरण कार्य थालिएको हो ।

मुक्तिनाथ विकास बैक डुम्रे शाखासँग समन्वय गरी हिँडडुल गर्न नसक्ने नागरिकलाई घरमै पुगेर भत्ता वितरण गरिएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए । वडाभित्र रहेका २३ यस्ता नागरिकलाई चौमासिक रु १२ हजारका दरले भत्ता वितरण गरिएको र अन्य व्यक्ति पनि पहिचान गरी सेवा प्रदान गर्न लागेको सो वडाले जनाएको छ ।

हातमा पैसा पाएपछि आफूलाई मन लागेको कुरा किन्न पाउने भएपछि उनीहरुमा खुसी छाएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताए ।

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहीबार  २ : १२ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका