श्रीलंका र म्यान्मारमा 'रडार स्टेशन' : हिन्द महासागरमा चिनियाँ विस्तारवादको जोखिम | Khabarhub Khabarhub

श्रीलंका र म्यान्मारमा ‘रडार स्टेशन’ : हिन्द महासागरमा चिनियाँ विस्तारवादको जोखिम


२१ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

चीन र अमेरिका तथा अन्य साझेदारबीचको शक्ति संघर्षले हिन्द महासागर क्षेत्रमा तनावपूर्ण अवस्था सिर्जना भएको छ । आफ्नो हित सुरक्षित गर्नका लागि यस क्षेत्रका रणनीतिक स्थानहरुमा दुबै पक्षले सैनिक उपस्थितीलाई बढाएका छन् । यसबाट यस क्षेत्रका साना राष्ट्रहरुमा तीव्र दबाब उत्पन्न भएको छ । यी राष्ट्रका गतिविधिलाई ठूला देशहरुले निकै चासोपूर्वक हेरिरहेका छन् ।

हालै चीनले म्यान्मार र श्रीलंकामा ‘रडार स्टेसन’ निर्माण गरेको विषयले चर्चा पाएको छ । चीनको यस्तो विस्तारवादी कदमले यस क्षेत्रमा चिन्ता बढाएको छ ।

अमेरिकी सरकारसँग निकट सम्बन्ध रहेको ठानिने कम्पनी मक्सार टेक्नोलोजिजले जनवरीमा सार्वजनिक गरेको भू उपग्रह तस्वीरमा म्यान्मारको ग्रेट कोको टापुमा भौतिक निर्माणका कार्यलाई पुन सुरु भएको पाइएको थियो । भू उपग्रह तस्वीरमा विमानस्थलमा दुई नयाँ ‘ह्याङ्गर’, नयाँ भवन र थप पूर्वाधार निर्माणका लागि जग्गा तयार पारिएको देखिएको थियो ।

‘सलामी स्लाइसिङ’ रणनीतिअन्तर्गत चीनले यस्ता गतिविधि गर्दै आएको छ । सुरुमा हानीरहित देखिने चीनका गतिविधि भविष्यमा रणनीतिक रुपमा निकै महत्वपूर्ण भएर निस्किन्छ । उदाहरणका लागि चीनले अरु देशका जलक्षेत्रको सीमा मिच्दै दक्षिण चीन सागरमा शोध र अनुसन्धानको बहाना बनाएर पानीजहाज पठाउने गरेको छ । चीनलाई यस्तो छुट दिइनु खतरनाक र मूर्खतापूर्ण हुनसक्छ ।

चाथम हाउसको रिपोर्टमा डामियन सिमोन र जोन पोलकले म्यान्मारको ग्रेट कोको टापुलाई आफ्नो नौसेनाविरुद्ध जासुसीका लागि चीनले प्रायोग गर्नसक्ने भारतको चिन्ता रहेको उल्लेख गरेका छन् । कोको टापुमा विकसित पछिल्ला घटनाक्रमले क्षेत्रीय अस्थीरता बढाउने जोखिम देखिएको छ ।

यसबाहेक भारतीय सञ्चार माध्यमले रक्षा स्रोतलाई उद्धृत गर्दै चीनले श्रीलंकाको दक्षिणी क्षेत्रमा रडार स्टेशन निर्माण गर्न लागेको जनाएका छन् । यसबाट हिन्द महासागर क्षेत्रमा चीनको विस्तारवादी उद्देश्यबारे संशय पैदा भएको छ । चीनले अमेरिकी आकाशमा जासुसी बेलुन उडाएसँगै चीनबाट उत्पन्न हुने सुरक्षा चुनौतिलाई आधारहीन भन्न नमिल्ने विश्लेषकहरु बताउँछन् ।

चीनले श्रीलंकामा स्थापना गर्न लागेको रडार स्टेशनबाट हिन्द महासागरमा भारतीय नौसैनिक गतिविधिको निगरानी हुने मात्र नभई दक्षिण भारतमा रहेका रणनीतिक रुपमा महत्वपूर्ण कुडनकुलम र कालपक्कम आणविक शक्ति केन्द्रमाथि समेत जोखिम उत्पन्न हुने देखिन्छ ।

यी शक्ति केन्द्र भारतीय आणविक ऊर्जाका लागि महत्वपूर्ण मानिन्छन् । यी शक्ति केन्द्रमा केही बाधा उत्पन्न भएमा भारतीय ऊर्जा सुरक्षामा गम्भीर जोखिम उत्पन्न हुनेछ ।

यसबाहेक श्रीलंकामा स्थापना हुन लागेको रडार स्टेशनबाट हिन्द महासागरको बिचमा रहेको अमेरिकी सैन्य आधार डिएगो गार्सियाको समेत निगरानी गर्न सकिनेछ । यसले उसैपनि तनावपूर्ण रहेको हिन्द महासागरको भू राजनीतिक अवस्थालाई अझ खलबल्याउने बनाउने बताइन्छ ।

म्यान्मार र श्रीलंकामा चीनको उपस्थितीलाई भारतले निकै चासोपूर्वक हेर्ने गरेको छ । भारतीय सञ्चार माध्यमले यस क्षेत्रमा चीनको विस्तारलाई भारतलाई घेर्ने चिनियाँ रणनीतिको रुपमा व्याख्या गर्दै आएका छन् ।

म्यान्मारमा हाल सत्तामा रहेको सेना र चीनबीचको सम्बन्ध १९८० को दशकयता सुमधुर रहँदै आएको छ । विश्लेषकहरु म्यान्मार पछि गएर चीनको उपग्रह राज्य बन्नसक्ने चिन्ता पनि व्यक्त गर्ने गरेका छन् ।

म्यान्मारको हुन्टा सरकारलाई चीनले हतियारको आपूर्ति पनि गर्दै आएको छ । यसबाहेक मिडिया, प्राज्ञिक साहित्य र पुस्तकहरुमा म्यान्मारमा चीनले सैन्य आधार स्थपना गरेको हल्ला पनि सुनिने गरेको छ । यसले पनि हिन्द महासागर क्षेत्रमा चीनको प्रभाव बढिरहेको र यसले भू राजनीतिक अस्थीरतालाई बढावा दिने चिन्ता उत्पन्न हुने गरेको छ ।

चीन, म्यान्मार र श्रीलंकाले हालै विकसित सम्बन्धबारे विस्तृत सूचना दिन पनि इच्छा देखाएका छैनन् । यी मुलुकहरुले जारी गर्ने विज्ञप्तिमा पनि आर्थिक एवम् रक्षा सम्झौताबारे स्पष्ट संकेत मिल्दैन ।

म्यान्मारको सत्तारुढ हुन्टामा लोकतन्त्र स्थापना गर्न मुलुकमा विदेशी सैन्य हस्तक्षेपलाई लिएर त्रास रहेको बुझिन्छ । तर यसबाहेक हुन्टाले आफ्नो रणनीतिक उद्देश्यलाई स्पष्ट पार्न सकेको छैन । यदी चीनलाई केही लुकाउनु छैन भने श्रीलंका र म्यान्मारसँगको सम्बन्धबारे स्पष्ट रुपमा सार्वजनिक गर्नुपर्छ ।

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहीबार  ६ : ३३ बजे

विद्युत प्राधिकरणले खाल्डो पुर्न बिर्सँदा…(तस्बिरहरू)

काठमाडौँ – नेतृत्व फेरिएसँगै तारन्तार बिजुली काटेर लोडसेडिङजस्तै स्थिति निम्त्याएको

सुदूरपश्चिम सरकारले केबुलकार निर्माणका लागि सम्भाव्यता अध्ययन गर्ने

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले महत्त्वपूर्ण धार्मिक तथा पर्यटकीय क्षेत्रमा केबुलकार

बाजुरामा खोलाले बगाउँदा एक जना बेपत्ता

बाजुरा– गौमूल गाउँपालिकामा खोलाले बगाएर आज एक जना बेपत्ता भएका

बजेट विनियोजनमा सांसदको असन्तुष्टि

काठमाडौं– सांसदहरूले बजेट विनियोजनका सन्दर्भमा असन्तुष्टि प्रकट गरेका छन् ।

‘आयोजना बैंकका नाममा मन्त्री नै बिचौलिया भए’

सुर्खेत– कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि ल्याएको