विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


२१ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

आज वैशाख २१, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार मे ४, २०२३ । तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

भारतमा सडक दुर्घटना हुँदा ११ जनाको मृत्यु

भारतको छत्तीसगढ राज्यमा भएको सडक दुर्घटनामा ११ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा पाँच महिला, चार पुरुष र दुई बालबालिका छन् । दुर्घटनामा एक जना गम्भीर घाइते भएका स्थानीय प्रहरी अधिकारीले बताएका छन् ।

बालोदका प्रहरी उपरीक्षक जितेन्द्रकुमार यादवले भने, “बलोद जिल्लाको जगतरा क्षेत्रमा ट्रक र कार एकआपसमा ठोक्किँदा ११ जनाको मृत्यु भएको छ भने एक बालक गम्भीर घाइते भएका छन् । घाइते बालकलाई राज्यको राजधानी रायपुरको एक अस्पतालमा उपचारका लागि पठाइएको छ ।”

छिमेकी जिल्लामा भएको एक विवाह समारोहमा सहभागी भएर घर फर्कने क्रममा उक्त दुर्घटना भएको हो ।

उनीहरुको कार विपरीत दिशाबाट आइरहेको ट्रकसँग ठोक्किएर दुर्घटना भएको यादवले बताए । दुर्घटनापछि कारको अधिकांश भागमा क्षति भएको छ ।

स्थानीय प्रहरी अधिकारीका अनुसार मृतक सबै एकै परिवारका सदस्य हुन् ।

इजरायली कारवाहीमा तीन जनाको मृत्यु

प्यालेस्टाइनको वेस्ट ब्याङ्कमा इजरायली सुरक्षा बलले बिहीबार कारवाही गर्दा बेलायती–इजरायली महिला र उनका दुई छोरीलाई मारेको आरोप लागेका तीन प्यालेस्टिनी पुरुषको मृत्यु भएको छ ।

इजरायली सुरक्षा बलले वेस्ट ब्याङ्कको नाब्लसमा कारवाही गरेको हो ।

हत्यामा संलग्न हमासका दुई संदिग्ध लडाकु र अर्का व्यक्ति इजरायली सेना, प्रहरी र शिनबेट सुरक्षा सेवाको संयुक्त कारवाहीमा मारिएको बताइएको छ ।

कारवाहीमा मारिएकाहरु “लेआ, माइया र रिना डीका हत्यारा” रहेको भनी पहिचान गरिएको छ । गत अप्रिल ७ मा जोर्डन उपत्यकानजिकै गाडीमा आक्रमण हुँदा उनीहरुले ज्यान गुमाएका थिए ।

बेलायती ऊर्जा कम्पनी शेलको नाफा बढ्यो

बेलायती ऊर्जा कम्पनी शेलले यस आर्थिक वर्षको पहिलो त्रैमासिकमा आफ्नो नाफा बढेको जनाएको छ । बिहीबार प्रतिवेदन सार्वजनिक गर्दै शेलले ऊर्जाको मूल्यमा कमी आएपनि पहिलो त्रैमासिकमा आफ्नो नाफा बढेको जनाएको हो ।

एक वर्ष पहिले रूसबाट बाहिरिँदा ठूलो मारमा परेको कम्पनीले यस त्रैमासिकमा भने नाफा बढाएको हो ।

करपछिको नाफा एक वर्ष अघिको तुलनामा २२ प्रतिशतले बढेर ८.७ बिलियन डलर (६.७ बिलियन युरो) पुगे शेलले जनाएको छ ।

अमेरिकाको एटलान्टामा गोली चल्दा एक जनाको मृत्यु, चार घाइते

अमेरिकाको एटलान्टाको मेडिकल सेन्टरको ११ औं तल्लामा रहेको प्रतीक्षालयमा बन्दुकधारीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ । उक्त घटनामा अन्य चार जना घाइते भएका छन् ।

घटनाको विवरण दिँदै एटलान्टा प्रहरी विभागका प्रमुख डारिन सियरबमले गोली चलाउनेले पाँच जनालाई गोली हानेको र तीमध्ये एक जनाको घटनास्थलमै मृत्यु भएको बताएका छन् । गोली लागेका पाँचैजना महिला रहेको बताइएको छ ।

एटलान्टा औषधालय नजिक बन्दुकधारीले गोली हानेको बुझिएको छ । उनीहरूको मेमोरियल अस्पतालमा उपचार भइरहेको सीएनएनले उल्लेख गरेको छ।

घटनामा संलग्न व्यक्ति पूर्व कोस्ट गार्ड्सम्यान रहेको बुझिएको छ ।

हलिउडमा हड्ताल : फिल्म र टिभी कार्यक्रमको निर्माण ठप्प

हलिउड लेखकहरू हड्तालमा उत्रिँदा फिल्म र टिभी कार्यक्रमको निर्माण ठप्प भएको छ । रात्रिकालीन टिभी कार्यक्रम बन्द भएका छन् भने फिल्मको छायांकन समेत प्रभावित भएको छ । ११ हजारभन्दा बढी लेखकले मंगलबारदेखि आन्दोलन सुरु गरेका हुन् ।

सीएनएनका अनुसार आन्दोलनका कारण टेलिभिजनमा नयाँ सिरिजको निर्माण कार्य रोकिएको छ । ज्याला र रोजगारीको सुनिश्चितता माग गर्दै राइटर्स गिल्ड अफ अमेरिकाको आह्वानमा लस एन्जलस र न्युयोर्कमा हड्ताल सुरु भएको हो ।

यो आन्दोलन डिज्नी, नेटफ्लिक्ससहितका ठूला स्टुडियोविरुद्ध लक्षित छ ।

यो हड्ताल सन् २००७ यताकै ठूलो भएको र तत्काल रोकिने सम्भावना नरहेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

सुडानमा युद्धरत पक्षले लडाइँ नरोके खतरा छ : संयुक्त राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सुडानका युद्धरत पक्षहरूलाई शान्ति र मेलमिलापको बाटो अपनाउन आह्वान गरेका छन्।

केन्याको राजधानी नैरोबीमा आयोजित पत्रकार सम्मेलनमा गुटेरेसले बढ्दो मानवीय सङ्कटबाट बच्न शान्ति र मेलमिलापको बाटो अपनाउन सम्बन्धित सबै पक्षलाई विशेष आह्वान गरेका हुन्।

अप्रिलको मध्यमा सुडानमा शुरु भएको द्वन्द्व गम्भीर चिन्ताको विषय रहेको बताउँदै उनले लडाकूहरूबीच हतियार बिसाउनु जरुरी रहेको बताएका छन्।

‘ठूलो जनधनको क्षति हुनु अघि यो लडाइँ रोक्नु आवश्यक छ र यो द्वन्द्व एक सर्वव्यापी युद्धमा विस्फोट हुनसक्छ,’ गुटरेसले भने, ‘सबै पक्षहरूले सुडानी जनताको हितलाई प्राथमिकतामा राख्नुपर्छ। जसको अर्थ शान्ति, समृद्धि र स्वदेश फर्किने हो।’

महासचिव गुटेरेसले पूर्वी अफ्रिकी राष्ट्रको आफ्नो आधिकारिक भ्रमणका क्रममा केन्याका अधिकारीहरूसँग सुडानको अवस्थाबारे छलफल गर्ने अपेक्षा गरिएको छ । साथै यस वर्षको संयुक्त राष्ट्रसंघ प्रणाली प्रमुख कार्यकारी बोर्ड समन्वयको पहिलो सत्रको अध्यक्षता गर्ने पनि अपेक्षा गरिएको छ।

सो बोर्ड जुन प्रत्येक वर्ष दुई पटक बैठक बस्ने गर्छ । त्यसले संयुक्त राष्ट्रसंघ एजेन्सीहरू, कोष र कार्यक्रमहरूका नेताहरूलाई एकसाथ भेला पारेर संयुक्त राष्ट्रसंघ प्रणालीको उच्च समन्वय मञ्चको रूपमा प्रस्तुत हुन्छ ।

खाना, सफा पिउने पानी र अत्यावश्यक औषधिको पहुँचको अभावमा सुडानको सङ्कटले नागरिकहरूलाई मारमा पारेको स्वीकार भन्दै महासचिवले सुडानी सशस्त्र बल (एसएएफ) का प्रमुख अब्देल फताह अल-बुर्हान लगायत सबैलाई शान्तिका लागि आग्रह गरेका छन् ।

रुसद्वारा युक्रेनमा २४ ड्रोन प्रहार

रुसले युक्रेनविरुद्ध ड्रोन आक्रमण तीव्र पारेको छ ।

रातभरमा २४ वटा ड्रोन आक्रमण भएको र तीमध्ये १८ वटालाई खसालिएको युक्रेनको वायुसेनाले जनाएको छ ।

आक्रमणकारीहरूले २४ शाहेद-१३६-१३१ सम्म ड्रोनहरू प्रक्षेपण गरेको र युक्रनको वायु सेनाले अन्य वायु रक्षा इकाईहरूसँगको सहकार्यमा १८ वटा ड्रोनहरू खसालेको बताएको छ ।

सर्बियाको विद्यालयमा बालकले गोली चलाउँदा ९ जनाको मृत्यु

सर्बियाको राजधानी बेलग्रेडस्थित एक विद्यालयमा १३ वर्षीय बालकाले गोली चलाउँदा नौ जनाको मृत्यु भएको छ ।

प्राथमिक विद्यालयमा अध्ययनरत ती बालकले आफ्नो बुबाको लाइसेन्स प्राप्त बन्दुकले आक्रमण गर्दा नौ जनाको मृत्यु भएको र सात जना घाइते भएका छन् ।

मृत्यु हुनेमा आठजना विद्यार्थी र एकजना सुरक्षा गार्ड रहेका छन् । घाइते हुनेमा ६ जना विद्यार्थी र एकजना शिक्षक छन् । योजनाबद्ध रुपमा ती बालकले गोली चलाएको र उनलाई पक्राउ गरिएको सर्बिया प्रहरीले जनाएको छ ।

सो घटनाप्रति दुःख व्यक्त गर्दै राष्ट्रपति एलेक्जेन्डर बुसिकले तीनदिने शोकको घोषणा गरेका छन् ।

डेनमार्कले रक्षा क्षेत्रमा लगानी बढाउने

डेनमार्क सरकारले युक्रेनमा जारी युद्धपछि उत्पन्न ‘सञ्चित चुनौती’ को सामना गर्न आगामी १० वर्षमा देशको रक्षामा थप ३८ अर्ब क्रोनर (५.६ अर्ब अमेरिकी डलर) लगानी गर्ने घोषणा गरेको छ ।

रक्षा मन्त्रालयले जारी गरेको एक विज्ञप्तिमा भनिएको छ, “करिब २७ अर्ब क्रोनरले रक्षा सामग्री, भवन, आईटी र कर्मचारीहरूलाई सञ्चित चुनौतीहरूको सामना गर्न सहयोग पुग्नेछ भने थप ११ अर्ब क्रोनर कर्मचारी र सामग्री क्षेत्रमा लगानी गरिनेछ ।’’

विज्ञप्तिमा भनिएको छ, “वर्तमान प्रतिरक्षा सञ्चालनका लागि थप स्रोतको आवश्यकता देखिएको विश्वव्यापी सुरक्षा नीति र पछिल्लो आर्थिक विकासक्रमले देखाएको छ ।”

कार्यवाहक रक्षामन्त्री ट्रोइल्स लुन्ड पौल्सेनले भने, “धेरै वर्षदेखि सुरक्षा नीतिको स्थिर अवस्थाले डेनमार्कको रक्षामा असर पारेको छ ।”

विगतमा राजनीतिज्ञहरूले ‘गलत साबित भएका अनुमानहरूको आधारमा’ निर्णयहरू गरेको र वर्षौंदेखि डेनिस रक्षाको प्राथमिकतालाई कम गरेको उनले उल्लेख गरे ।

“यसको अर्थ अब हामीले आगामी बस्तीमा प्रतिरक्षाको जग बसाल्नुभन्दा पहिले त्यसलाई पुनःस्थापित गर्ने ठूलो चुनौतीको सामना गर्नुपरेको छ,” पौलसेनले भने ।

सन् २०२२ को फेब्रुअरीमा रूसले युक्रेनमाथि गरेको आक्रमणपछि अन्य युरोपेली मुलुकहरूजस्तै डेनमार्कले पनि आफ्नो रक्षा खर्च बढाउन प्रेरित गरेको थियो ।

सेप्टेम्बर २०२२ मा, डेनमार्कको प्रतिरक्षाको बजेट समीक्षामा धेरै क्षेत्रहरू उपेक्षित थिए र सशस्त्र बलहरूको क्षमता पुनः स्थापित गर्न थप कोषको आवश्यकता रहेको उल्लेख गरिएको थियो ।

बजेट अभावमा सेनाको सेवाको गुणस्तरका लागि थप कर्मचारीहरूको भर्ती र प्रतिधारणमा चुनौतीहरू रहेका विश्लेषणमा उल्लेख छ ।

डेनिस सरकारले यसअघि नै सन् २०३० सम्ममा नेटोको कूल गार्हस्थ्य उत्पादनको दुई प्रतिशतको लक्ष्यमा रक्षा बजेट बढाउने योजना बनाएको सङ्केत गरेको थियो ।

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहीबार  ७ : ५९ बजे

गोरखाका किसानलाई अनुदानमा ट्रयाक्टर

गोरखा– जिल्लाको गण्डकी गाउँपालिका–५ का १९ जना किसानलाई ५० प्रतिशत

ट्राफिक कारबाहीबाट चार करोड राजस्व संकलन  

अत्तरिया– सुदूरपश्चिम प्रदेशमा ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको १० महिनामा

अर्जेन्टिनाविरुद्ध फोकल्याण्डमा लडेका लाहुरेको नवौं कृति

सुनसरी- जीवनको उर्जाशील युवा समय काँधमा राइल बोकेर परेड खेल्दै

विश्वासको मत प्राप्त हुनेमा कुनै दुबिधा छैन : प्रधानमन्त्री 

काठमाडौं–  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो राजनीतिक गत्यावरोध निकासको दिशातर्फ

व्यक्ति केन्द्रित समिति गठन हुँदैन : एमाले उपाध्यक्ष पोखरेल 

मोरङ– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सहकारी