निजामती कर्मचारीको आन्दोलनका कार्यक्रम स्थगित | Khabarhub Khabarhub

निजामती कर्मचारीको आन्दोलनका कार्यक्रम स्थगित


२१ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सरकारले उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा वार्ता समिति गठन गरेपछि निजामती सेवाका कर्मचारीहरूले तत्कालका लागि आफ्नो आन्दोलनका कार्यक्रम स्थगित गरेका हुन् ।

नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपालप्रसाद पोखरेलले वार्ता समिति गठन भएपछि तत्कालका लागि आन्दोलन स्थगित गरिए पनि वार्तामार्फत आफूहरूको माग सम्बोधन नभए थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने बताए ।

वार्ता समितिले आजै आन्दोलनरत निजामती कर्मचारीसँग वार्ता गर्ने तय गरेको छ । सङ्घीय निजामती कर्मचारी सेवा ऐनको माग गर्दै निजामती कर्मचारीले आज सिंहदरबारको दक्षिण गेट अगाडि धर्ना दिएका थिए ।

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहीबार  ८ : २० बजे

नेपालगञ्जमा सामुदायिक कुकुरको बन्ध्याकरण सुरु

नेपालगञ्ज– बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा सामुदायिक कुकुरको बन्ध्याकरण सुरु भएको छ

ब्रेकेल प्लेक्सेस इञ्जुरीको सफल सल्यक्रिया गर्ने डाक्टरहरु सम्मानित

काठमाडौं- प्लाष्टिक सर्जरी विभाग किर्तिपुर अस्पातलले नेपालमै अध्ययन गरेर हातको

राप्रपाले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय समितिको बैठक यही

१७७ जना महानगरबासीका लागि लोकसेवा तयारी कक्षा सुरु

काठमाडौं– काठमाडौँ महानगरपालिकाले महानगरबासीका लागि लोकसेवा तयारी कक्षा सुरु गरेको