सरकारले व्यावसायिक वातावरण निर्माण गर्नुपर्छ : उपराष्ट्रपति यादव | Khabarhub Khabarhub

सरकारले व्यावसायिक वातावरण निर्माण गर्नुपर्छ : उपराष्ट्रपति यादव


२१ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उपराष्ट्रपति रामसहायप्रसाद यादवले सरकारले व्यावसायिक वातावरण निर्माण गर्नुपर्ने बताएका छन् ।

ग्रिल तथा स्टिल व्यवसायी महासङ्घको २८औँ साधारणसभा तथा नवौँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै उनले उद्योगी, व्यवसायीको समस्या समाधान गर्न सरकारले व्यावसायिक वातावरण निर्माण गर्नुपर्ने बताएका हुन् । “लगानी, व्यावसायिक वातावरण निर्माण गरी उनीहरूको समस्या समाधान गर्न सरकारले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्छ”, उनले भने ।

उनले रोजगारी सिर्जना, आयात प्रतिस्थापन गरी निर्यात हुने वस्तु उत्पादनको क्षेत्र पहिचान गरी उद्योग, व्यवसाय खोल्ने, साना उद्योगलाई ठूला उद्योगसँग जोड्ने काममा नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल चेम्बर अफ कमर्सजस्ता ठूला र अग्रणी संस्थाहरूले विशेष भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।

उपराष्ट्रपति यादवले ग्रिल व्यवसायीले भोग्नुपरेका समस्या समाधानका लागि सम्बन्धित निकायहरूको ध्यानाकर्षणसमेत गराए । उनले ग्रिलजन्य सामग्रीको उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउन सबै लाग्नुपर्ने बताए । ग्रिल व्यवसायीको भविष्य राम्रो रहेको उनको भनाइ थियो ।

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहीबार  ८ : ३९ बजे

नेप्सेमा देखियो समस्या, केहीबेरमा समाधान हुने 

काठमाडौं–नेपाल स्टक एक्चेञ्जमा समस्या देखिएको छ । नेप्से बन्द हुनु

फेरि सर्‍यो प्रतिनिधिसभा बैठक 

काठमाडौं– सत्तापक्ष र प्रतिपक्षबीच सहकारी ठगी प्रकरण छानबिनका लागि गठन

प्रधानमन्त्रीको विश्वासको मत रोक्न माग गर्दै सर्वोच्च पुगे उपेन्द्र

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले

राष्ट्रिय सभा बैठक बस्दै नबसी स्थगित 

काठमाडौं– संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभा बैठक स्थगित भएको

कांग्रेस भन्छ– संसदीय समिति गठनमा रास्वपा लचिलो, एमाले सशंकित

काठमाडौं– सहकारी ठगी प्रकरण अघि सारेर संघीय संसदमा आन्दोलनरत प्रमुख