कँडेलको देहत्यागसम्बन्धी घटनाको यथार्थ छानबिन गर्न कांग्रेसको माग | Khabarhub Khabarhub

कँडेलको देहत्यागसम्बन्धी घटनाको यथार्थ छानबिन गर्न कांग्रेसको माग


२१ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसले पार्टीका महासमिति सदस्य चितवन भरतपुर महानगरपालिका–८ निवासी शङ्करप्रसाद कँडेलको देहत्यागसम्बन्धी घटनाको यथार्थ छानबिन गरी दोषीलाई कडा कानुनी कारबाहीका लागि सरकारसँग माग गरेको छ ।

कँडेलले यही वैशाख १९ गते साँझ देहत्याग गर्नुअघि आठ पृष्ठ लामो ‘सुसाइड नोट’ छाड्नुभएको, आरोपित दोषीलाई पक्राउ गरी कानुनी कारबाही गर्न जिल्ला प्रहरी कार्यालय चितवनमा परिवारजनले किटानी जाहेरी दर्ता गरेको पार्टीले जनाएको छ । तर आजसम्म प्रशासनबाट दोषी पक्राउ गर्न कुनै तत्परता नदेखाएको भन्दै कांग्रेसको गम्भीर ध्यानाकृष्ट भएको नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।

राजनीतिक, सामाजिक र व्यावसायिक भूमिकामा सक्रिय कँडेलको देहत्यागप्रति गहिरो दुःख व्यक्त गर्दै कांग्रेसले उनको आत्माको चिर शान्तिको कामना र शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहीबार  ८ : ४६ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका