यातायात क्षेत्रलाई व्यवस्थित बनाउन आवश्यक छ : मुख्यमन्त्री कार्की « Khabarhub

यातायात क्षेत्रलाई व्यवस्थित बनाउन आवश्यक छ : मुख्यमन्त्री कार्की


२१ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यातायात क्षेत्रलाई व्यवस्थित बनाउन आवश्यक रहेको बताएका छन् ।

आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा आज यहाँ आयोजित ‘सार्वजनिक यातायातको क्षेत्रमा डिजिटलाइजेशन’ सम्बन्धी अन्तक्र्रिया कार्यक्रममा उहाँले प्रदेशमा राजस्वको धेरै ठूलो क्षेत्र बोकेको यातायातलाई व्यवस्थित गर्न डिजिटलाइजेशन हुनु आवश्यक रहेको बताए ।

उनले समयसापेक्ष यातायात क्षेत्रलाई सुधार गर्न नसके अपेक्षित लाभ लिन नसकिने भन्दै प्रदेशमा यातायातको रुट निर्धारण र नियमन पनि प्रदेश सरकारको जिम्मेवारीभित्र पर्ने धारणा राखे ।

मुख्यमन्त्री कार्कीले प्रविधितर्फ नागरिक आकर्षित भइरहेको समयमा हरेक क्रियाकलाप प्रविधिमैत्री हुन आवश्यक छ भन्दै छलफलमा उठेका कुरालाई सरकारले नीति तथा कार्यक्रममा समावेश गर्ने स्पष्ट पारे ।

मन्त्रालयका सचिव उमेश बस्नेतको अध्यक्षतामा भएको सो कार्यक्रममा इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेल, मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी, प्रदेशसभाका पूर्वसदस्य एवं यातायात व्यवसायी श्रीप्रसाद मैनालीलगायतले डिजिटलाइजेशनको पक्षमा बोलेका थिए ।

कार्यक्रममा सार्वजनिक यातायातको वर्तमान अवस्था र गर्नुपर्ने कार्य, आवश्यक नीति, नियम र कार्यविधि, चल्ने रुट तथा नम्बर, बस बिसौनी, कार्यान्वयन तथा निगरानी, यातायात व्यवसायीले गर्नुपर्ने कार्य, यातायात श्रमिकको क्षमता अभिवृद्धि, श्रमिकको पारिश्रमिक पद्धतिमा पुनरावलोकन, प्रविधि उपकरण तथा प्रणालीको व्यवस्था, जनशक्तिका लागि तालिमको व्यवस्था, सुरक्षित वित्तीय कारोबारको सुनिश्चितता, सहज तथा सरल सञ्चालनको व्यवस्थापनजस्ता विषयमा छलफल भएको थियो ।

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहीबार  १० : ५५ बजे

टस जितेर यूएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

काठमाडौँ – आईसीसी विश्वकप लिग–२ अन्तर्गत शुक्रबार नेपाल र यूएई

संयोजक दाहालद्वारा अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना

काठमाडौं– पुष्पकमल दाहाल ले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा

वैशाख शुक्ल पूर्णिमा : स्वयम्भूमा बिहानैदेखि श्रद्धालुको घुइँचो

काठमाडौं– वैशाख शुक्ल पूर्णिमाका अवसरमा मनाइने बुद्ध जयन्तीका दिन स्वयम्भूनाथ स्तूप

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

बुद्धको सन्देश- वास्तविक सन्देश आफ्नै मनभित्र खोज

आज देशभर तथा विश्वभर बुद्ध जयन्ती अथवा बुद्ध पूर्णिमा श्रद्धा,