लिग वान च्याम्पियन पीएसजी अन्तिम खेलमा पराजित « Khabarhub

लिग वान च्याम्पियन पीएसजी अन्तिम खेलमा पराजित


२१ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


579
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – लिग वान च्याम्पियन भइसकेको पेरिस सेन्ट जर्मेन (पीएसजी) अन्तिम खेलमा पराजित भएको छ।

दुई गोलको अग्रता जोगाउन नसक्दा पीएसजी घरेलु मैदानमा क्लेरमन्टफर्टसँग ३–२ ले पराजित भएको हो। यद्यपि, लिग वानको उपाधि भने पीएसजीले उचालेको छ।

शनिबार राति पार्क डेस प्रिन्सेस खेल मैदानमा भएको खेलको १६औं मिनेटमा सर्जियो रामोस रामोसले गोल गर्दै पीएसजीलाई १–० को सुरुवाती अग्रता दिलाएका थिए र त्यसको केही मिनेटमा नै २१औं मिनेटमा एमबाप्पेले पेनाल्टीमा गोल गर्दै पीएसजीको अग्रता दोब्बर पारिदिए।

तर, २४ औं मिनेटमा क्लेरमन्टफर्टका जोहान गास्टिनले गोल फर्काए पछि खेल २–१ को स्थितिमा रहन पुग्यो। पहिलो हाफको इन्ज्युरी समयमा मेदी जिफेनले गोल थपे पछि पहिलो हाफको खेल २–२ गोलको बराबरीमा टुंगियो।

दोस्रो हाफको ६३ औं मिनेटमा ग्रिजोन केयईले गोल गरे पछि पीएसजीलाई पछि पार्दै क्लेरमन्टफर्टले ३–२ को अग्रता लियो। त्यसपछि थप गोल निस्कन नसक्दा पीएसजी लिग वानको अन्तिम खेलमा पराजित हुन पुग्यो। पराजित अवस्थामा पीएसजीले लिग वानको उपाधी उचालेको छ।

साथै, लियोनेल मेस्सी र रामोसको पीएसजीवाट यो अन्तिम खेल थियो किनभने मेस्सी र रामोसले यस सिजनवाट पीएसजी छाडने निर्णय यसअघि नै गरिसकेका छन्। मेस्सी साउदी क्लबसँग आबद्ध हुने चर्चा परिचर्चाका बिचमा मेस्सीले पीएसजीबाट अन्तिम खेल खेलेका छन्।

प्रकाशित मिति : २१ जेठ २०८०, आइतबार  ६ : १३ बजे

भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग

वीरगञ्ज– वीरगञ्ज युवा समाजले भोटेकोशी बाढीपछि बेपत्ता भएका वीरगञ्ज महानगरपालिका–२७ उदयपुर

मनकामना केबलकारमा जाने सडक भासियो, केबलकार बन्द (तस्बिरहरू)

काठमाडौं– चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित मनकामना केबलकारको गेटभित्रको सडक भासिएको

चोलेन्द्रशम्शेर पक्राउबारे सरकारलाई जेन-जी अभियन्ताले भने- नाटक र नौटंकी बन्द गर्नुहोस्

काठमाडौं– जेन–जी अभियन्ता माजिद अन्सारीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई अदालतको पक्राउ पुर्जीबिना

बाँकेमा हुरीले धानबालीमा क्षति

बाँके– लगातारको वर्षासँगै आएको हुरीले धानबालीमा क्षति भएको छ ।

पाल्पा पहिरोमा दुईको मृत्यु, तीन जना बेपत्ता

पाल्पा– जिल्लाको माथागढी गाउँपालिका–२ र रिब्दीकोट गाउँपालिका–६ मा पहिरोमा परी