शनिबारदेखि जनकपुर–अयोध्या रेल सेवा व्यावसायिक रूपमा सञ्चालन हुने « Khabarhub

शनिबारदेखि जनकपुर–अयोध्या रेल सेवा व्यावसायिक रूपमा सञ्चालन हुने


१० मंसिर २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – जनकपुरधाम र भारतको अयोध्याबीच सञ्चालन हुन लागेको सरयू–कमला एक्सप्रेस रेल सेवा शनिबारदेखि व्यावसायिक रूपमा सुरु हुने भएको छ ।

नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा उद्‌घाटन गरेको एक साताभित्रै रेल सेवा सञ्चालनमा आउन लागेको हो । नेपालतर्फ बिहीबारदेखि जनकपुरधाम रेल्वे स्टेसनमा टिकट बिक्री सुरु गरिने नेपाल रेल्वे कम्पनीले जनाएको छ ।

रेल सेवा प्रत्येक शनिबार जनकपुरधामबाट अयोध्या प्रस्थान गर्नेछ भने सोमबार अयोध्याबाट जनकपुर फर्किनेछ । यसले दुवै देशका धार्मिक पर्यटक तथा तीर्थयात्रीलाई आवागमन सहज बनाउने अपेक्षा गरिएको छ ।

रेलमा यात्राका लागि श्रेणीअनुसार ३६५ देखि १ हजार ३६० भारतीय रुपैयाँसम्म भाडा निर्धारण गरिएको छ । रेलमा १७ वटा डिब्बा रहनेछन् ।

प्रकाशित मिति : १० मंसिर २०८३, बिहिबार  १ : ४३ बजे

इन्डोनेसियाको सुन खानीमा बाढी : १३ जनाको मृत्यु, १३ बेपत्ता

जकार्ता- इन्डोनेसियाको जाभा टापुमा भारी वर्षापछि आएको बाढीले सुन खानी डुबाउँदा

स्वास्थ्य बीमालाई दिगो बनाउन ऐन संशोधन गरिँदै

काठमाडौँ- स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यवस्थित, प्रभावकारी र वित्तीय रूपमा दिगो

‘ब्रह्मास्त्र २’ निर्माणको तयारी, पहिलो भागभन्दा फरक हुनेछ कथा

काठमाडौं– पहिलो भागले दर्शकलाई फेन्टासी र पौराणिक कथाको नयाँ संसारमा

शनिबारदेखि जनकपुर–अयोध्या रेल सेवा व्यावसायिक रूपमा सञ्चालन हुने

जनकपुरधाम – जनकपुरधाम र भारतको अयोध्याबीच सञ्चालन हुन लागेको सरयू–कमला

विश्व दिगो यातायात दिवस आज, वातावरणमैत्री यातायात प्रणालीमा जोड

काठमाडौँ- विश्व दिगो यातायात दिवस आज विभिन्न कार्यक्रम गरी विश्वभर मनाइँदैछ