‘ब्रह्मास्त्र २’ निर्माणको तयारी, पहिलो भागभन्दा फरक हुनेछ कथा « Khabarhub

‘ब्रह्मास्त्र २’ निर्माणको तयारी, पहिलो भागभन्दा फरक हुनेछ कथा


१० मंसिर २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पहिलो भागले दर्शकलाई फेन्टासी र पौराणिक कथाको नयाँ संसारमा पुर्‍याएको ‘ब्रह्मास्त्र’ अब दोस्रो अध्यायमा प्रवेश गर्ने भएको छ । 

निर्देशक अयान मुखर्जीले रणवीर कपूर र आलिया भट्ट अभिनीत फिल्मको दोस्रो भाग बन्ने पुष्टि गर्दै यसपटक कथा अझ बढी भारतीय संस्कृति र आध्यात्मिकतासँग जोड्ने योजना सुनाएका छन् ।

सन् २०२२ मा प्रदर्शन भएको ‘ब्रह्मास्त्र’ले विश्वभर ४१८ करोड ८० लाख भारु कमाएको थियो। फिल्मले दर्शकबाट मिश्रित प्रतिक्रिया पाए पनि यसको भव्य दृश्य, पौराणिक कथा र रहस्यमय काल्पनिक संसारले निकै चर्चा पाएको थियो । पहिलो भागपछि दर्शकमा यसको दोस्रो अध्यायबारे चासो बढ्दै गएको थियो ।

गोवामा आयोजित ५७ औँ भारतीय अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा अयानले ‘ब्रह्मास्त्र २’मा काम भइरहेको बताएका हुन् । उनले फिल्मको प्रारम्भिक अवधारणामा हलिउड फिल्मको प्रभाव रहेको स्वीकार गरे ।

विशेषगरी ‘ह्यारी पोटर’जस्ता फिल्मबाट आफू प्रभावित भए पनि कथा लेख्दै जाँदा हिन्दू धर्म र भारतीय आध्यात्मिकताका मौलिक विषयले बढी आकर्षित गरेको उनको भनाइ छ ।

फिल्मको सुरुआती नाम ‘ड्रागन’ थियो । तर कथामा भारतीय पौराणिक पक्ष बलियो हुँदै गएपछि नाम परिवर्तन गरेर ‘ब्रह्मास्त्र’ राखिएको थियो ।

तीन भागमा निर्माण गर्ने योजनाअनुसार दोस्रो भागको नाम ‘ब्रह्मास्त्र: पार्ट टु–देव’ रहने बताइएको छ । पहिलो भागमा शिवाको कथा देखाइएको थियो भने अब दोस्रो भागमा देवको कथा केन्द्रमा रहने अपेक्षा गरिएको छ ।

यद्यपि, फिल्मको छायांकन र प्रदर्शन मिति सार्वजनिक भइसकेको छैन। पहिलो भागबाट प्राप्त अनुभव र प्रतिक्रियालाई आधार बनाएर अयानले दोस्रो भागलाई अझ मौलिक र प्रभावशाली बनाउने प्रयास गरिरहेका छन् ।

यसपटक दर्शकले ‘ब्रह्मास्त्र’को संसारमा भारतीय पौराणिकता र आध्यात्मिकताको कस्तो नयाँ रूप देख्न पाउनेछन्, त्यो भने प्रतीक्षाकै विषय बनेको छ ।

प्रकाशित मिति : १० मंसिर २०८३, बिहिबार  १ : ४५ बजे

टेकुको फोहोरबाट ऊर्जा उत्पादन परियोजनाको परीक्षण सुरु

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले टेकुको फोहोरबाट ऊर्जा उत्पादन परियोजनाको परीक्षण सुरु

इन्डोनेसियाको सुन खानीमा बाढी : १३ जनाको मृत्यु, १३ बेपत्ता

जकार्ता- इन्डोनेसियाको जाभा टापुमा भारी वर्षापछि आएको बाढीले सुन खानी डुबाउँदा

स्वास्थ्य बीमालाई दिगो बनाउन ऐन संशोधन गरिँदै

काठमाडौँ- स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यवस्थित, प्रभावकारी र वित्तीय रूपमा दिगो

‘ब्रह्मास्त्र २’ निर्माणको तयारी, पहिलो भागभन्दा फरक हुनेछ कथा

काठमाडौं– पहिलो भागले दर्शकलाई फेन्टासी र पौराणिक कथाको नयाँ संसारमा

शनिबारदेखि जनकपुर–अयोध्या रेल सेवा व्यावसायिक रूपमा सञ्चालन हुने

जनकपुरधाम – जनकपुरधाम र भारतको अयोध्याबीच सञ्चालन हुन लागेको सरयू–कमला