नागरिकता विधेयक प्रमाणीकारणविरुद्धको रिटमा आज सुनुवाइ « Khabarhub

नागरिकता विधेयक प्रमाणीकारणविरुद्धको रिटमा आज सुनुवाइ


२१ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १७ गते प्रमाणीकरण गरेको नागरिकता विधेयकविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज सुनुवाइ हुँदैछ । 

विधेयक प्रमाणीकरण असंवैधानिक रहेको भन्दै वरिष्ठ अधिवक्ताद्वय बालकृष्ण न्यौपाने र सुरेन्द्र भण्डारीले शुक्रबार दर्ता गरेको रिटमा सुनुवाइ हुन लागेको हो ।

नयाँ संसद्मा विधेयक नलगी सरकार र राष्ट्रपतिको कार्यालयले असंवैधानिक कार्य गरेको रिटमा दाबी गरिएको छ । विधेयक असंवैधानिक भएकाले लागू नगर्न–नगराउन अन्तरिम आदेशसमेत माग गरिएको छ । 

रिटमा नागरिकता विधेयकसम्बन्धी समस्यालाई अध्ययन गरी दीर्घकालीन समाधान गर्नू भन्ने आदेश समेत माग गरिएको छ । 

नयाँ संसद् स्थापित भइसकेको अवस्थामा अघिल्लो संसद्ले पठाएको विधेयक प्रमाणीकरण गरेको भन्दै राष्ट्रपतिको उक्त कदमको विरोध भइरहेको छ ।

प्रकाशित मिति : २१ जेठ २०८०, आइतबार  ८ : ५५ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा