एक बाबा, जो ४० वर्षदेखी दाहिने हात उचालेर बसिरहेका छन् | Khabarhub Khabarhub

एक बाबा, जो ४० वर्षदेखी दाहिने हात उचालेर बसिरहेका छन्


२१ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.3k
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– तपाइँलाई आफ्नो बाल्यकालको दण्ड याद छ, उभिएर हात उठाउन लगाएर शिक्षकले कसरी सजाय दिन्थे । २–३ मिनेट मात्रै हात उठाएर उभिँदा पनि हात फतक्क गलेर अवस्था बिग्रन सक्छ, तर यस्तो अवस्थामा हामी तपाइँलाई भारतमा एक जोगीका बारेमा बताउँछौं, जसले आफ्नो हात हावामा केही घण्टा वा केही दिनको लागि होइन, पुरै ४० वर्षदेखि उचालेर राखिरहेका छन् ।

तस्बिरमा देखिएका यी बाबाको नाम अमर भारती हो, जसले सन् १९७३ मा केही गर्ने निधो गरेका थिए, जसको बारेमा हामी र तपाइँले कल्पना पनि गर्न सक्दैनौँ । हो, आज पनि अमर भारतीले सन् १९७३ देखि आफ्नो दाहिने हात हावामा उचालेका छन् । तस्विर हेरेर तपाइँले यो अनुमान लगाउन सक्नुहुन्छ कि यति वर्षसम्म हावामा उठाएको हातको हालत के भयो ? यसरी लामो समयसम्म एकोहोरो हात उठाउनु पर्दा केही वर्षमै उनको हात सुक्यो र छाला र हड्डी एउटै टुक्रा भयो।

अमर भारतीको यो निर्णयलाई उनको भगवानप्रतिको भक्ति र विश्वव्यापी सद्भाव प्रवर्द्धन गर्ने उनको मिसनको प्रतीकका रूपमा हेरिएको छ। कसैले चाहेर पनि गर्न नसक्ने काम अमर भारतीले यो कार्य गरिरहेका छन् । यो सबै देख्नेहरूले उनको शक्ति, भक्ति र जोशको प्रशंसा गर्नबाट आफूलाई रोक्न सक्दैनन् ।

भारती एक प्रसिद्ध भिक्षु हुन्, जसले कुम्भ मेला र महत्त्वपूर्ण धार्मिक कार्यक्रमहरूमा भाग लिने गर्छन्। आफ्नो जीवनकालको कुरा गर्दा १९७० भन्दा पहिले अमर मध्यम वर्गीय परिवारका व्यक्ति थिए, जसले सामान्य जीवन बिताउँथे । सर्वसाधारणजस्तै उनीहरू पनि जागिर गर्थे । घरमा श्रीमती र छोराछोरी थिए, तर एक दिन बिहान उठेर उनले आफ्नो सम्पूर्ण जीवन भगवान शिवको सेवामा समर्पित गर्ने निर्णय गरे र कहिल्यै पछाडि फर्केर हेरेनन्।

हालै भाइरल भइरहेको उनको तस्विर देखेपछि इन्टरनेट प्रयोगकर्ताहरूले बाबाको भक्तिको प्रशंसा गरिरहेका छन्। कतिपयले अझै विश्वास गर्न नसकेको जनाइरहेका छन भने कसैले बाबा कसरी सुत्छन् त ? भनेर सोधिरहेका छन् । जे सुकै होस, उनी ४० वर्षदेखि आफ्नो हात उचालेर भगवान् शिवमा लिन भइरहेका छन् ।

प्रकाशित मिति : २१ जेठ २०८०, आइतबार  ९ : २५ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०