टी–ट्वान्टी महिला सिरिज नेपाललाई « Khabarhub

टी–ट्वान्टी महिला सिरिज नेपाललाई


२१ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाँच खेलको टी–ट्वान्टी महिला सिरिज नेपालले जितेको छ । आज भएको अन्तिम तथा निर्णायक खेलमा घरेलु टोली मलेसियालाई ३ विकेटले हराउँदै नेपालले सिरिज ३–२ ले हात पारेको हो । 

मलेसियाले दिएको १ सय १० रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभर २ बलमा ७ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो ।

नेपालकी सीता रानामगरले सर्वाधिक ३४ रन बनाइन् । यस्तै, कप्तान रूबिना क्षेत्रीले २३, अप्सरी बेगमले १५ तथा ज्योती पाण्डेले ११ रन बनाइन् । मलेसियाकी हमिजा हसिमले २ विकेट लिइन् ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ९ रन बनाएको थियो । 

मलेसियाका वान जुलियानले ४७ रन बनाइन् । यसैगरी विनिफ्रेड दुराइ सिंघमले २, महिराह इज्जाती इस्माइलले २० रन जोडिन् । नेपालकी कविता जोशीले २ तथा ईश्वरी बिष्टले १ विकेट लिइन् ।

नेपालले सिरिजमा यसअघि दोस्रो र तेस्रो खेल जितेको थियो भने पहिलो र चौथो खेलमा पराजित भएको थियो । 

प्रकाशित मिति : २१ जेठ २०८०, आइतबार  १२ : ५५ बजे

बूढीगण्डकीमा बाढी : ६५ घरमा क्षति, १८ जनाको उद्धार

गोरखा – गोरखाको सिरिङ्गी हिमालमा गएको हिमपहिरोका कारण उइनगुलुङ खोला

हिरासतमुक्त भएलगत्तै हजुरआमाको निधन, गाउँ फर्किए ककरोचका संस्थापक अभिजीत दिप्के

काठमाडौं– ककरोच जनता पार्टीका संस्थापक अभिजीत दिप्के प्रहरी हिरासतबाट मुक्त

रोहित पौडेलको शतकमा नेपालले क्यानडालाई दियो २३६ रनको चुनौती

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले क्यानडालाई २३६ रनको

दसैँका लागि ६ स्थानबाट ग्यास वितरण, सिलिन्डर साट्न नपाएको उपभोक्ताको गुनासो 

काठमाडौं– दसैँमा खाना पकाउने एलपी ग्यासको अभाव हुन नदिन काठमाडौं उपत्यकाका