बारेकोटका विपन्न गर्भवतीलाई निःशुल्क अल्ट्रासाउण्ड सेवा « Khabarhub

बारेकोटका विपन्न गर्भवतीलाई निःशुल्क अल्ट्रासाउण्ड सेवा


२१ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट– बारेकोट गाउँपालिकाले आफ्नो क्षेत्रभित्रका विपन्न गर्भवतीलाई निःशुल्क अल्ट्रासाउण्ड सेवा सुरु गरेको छ । आर्थिक अभावका कारण  अल्ट्रासाउण्ड गर्न नपाएका यहाँका महिलालाई गाउँपालिकाले निःशुल्क सेवा प्रदान गरेपछि दैनिक सेवा लिनेको सङ्ख्या बढ्न थालेको स्वास्थ्य तथा सरसफाइ शाखाका प्रमुख रामबहादुर रोकायले बताए ।

गाउँ–गाउँमा स्वास्थ्य संस्था भए पनि लिम्सास्थित  स्वास्थ्य संस्थामा र  सदरमुकामस्थित जिल्ला अस्पतालमा मात्र अल्ट्रासाउण्ड सेवा उपलब्ध थियो । बारेकोटमै अल्ट्रासाउण्ड सेवा सुरु भएपछि यहाँका महिलाले निःशुल्क सेवा लिन थालेको गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले बताए । गाउँपालिकाले आर्थिक अवस्था नाजुक भएका सबै गर्भवतीलाई यो सेवा सुरु गरिएको उनको भनाइ थियो ।

यसअघि यहाँका गर्भवतीमध्ये ९० प्रतिशतले  अल्ट्रासाउण्ड सेवा लिन पाएका थिएनन् । पहुँच तथा हुनेखाने परिवारका गर्भवतीले मात्र स्वास्थ्य सेवा लिए पनि अधिकांशले स्वास्थ्यपरीक्षण गराउने गरेका थिएनन् । 

घण्टौँ हिँडेर स्वास्थ्य सेवा पुग्नुपर्ने, त्यसमा पनि प्रभावकारी सेवा नपाउने भएपछि यहाँका महिला असुरक्षितरूपमा बच्चा जन्माउने गरेका थिए । अब गाउँमै स्वास्थ्यपरीक्षण हुने भएपछि खुसी लागेको बारेकोट–५ की आशा शाहीले बताइन् । 

प्रकाशित मिति : २१ जेठ २०८०, आइतबार  ४ : ४८ बजे

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई