स्वास्थ्यचौकीको भवन अलपत्र परेपछि सेवा प्रभावित | Khabarhub Khabarhub

स्वास्थ्यचौकीको भवन अलपत्र परेपछि सेवा प्रभावित


२१ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

खोटाङ– ठेकेदारले समयमा स्वास्थ्यचौकीको भवन निर्माणको काम सम्पन्न नगर्दा खोटाङको बाहुनीडाँडामा स्वास्थ्य सेवा प्रवाह प्रभावित भएको छ ।

गौरी पार्वती न्यु टेक्निकल जेभी, ललितपुरको चरम ढिलासुस्तीका कारण स्वास्थ्यचौकीको भवन निर्माणको काम अलपत्र पर्दा स्वास्थ्यकर्मी भाडाको साँघुरो कोठाबाट स्वास्थ्य सेवा प्रवाह गर्न वाध्य छन् ।

 हाल स्थानीय झोक्रे राईको घरको दुईवटा कोठा भाडामा लिएर स्वास्थ्यचौकी सञ्चालन हुँदै आएको छ । यसअघि तत्कालीन गाविसको जीर्ण भवनको साँघुरो कोठाबाट स्वास्थ्यचौकीको सेवा प्रवाह हुँदै आएको थियो । हाल गाविसको भवनलाई भत्काएर वडा कार्यालयको भवन निर्माणको काम सुरु गरिएपछि स्वास्थ्यचौकीलाई गत माघदेखि भाडाको घरमा सारिएको हो । 

स्वास्थ्यचौकीको भाडाको कोठा पनि साँघुरो छ । कोठामा दुईवटा मात्र कुर्सी अटाइएका छन् । एकैपटक धेरै बिरामी उपचारमा आए उभ्याएर राख्नुपर्ने वाध्यता रहेको स्वास्थ्यचौकीका इन्चार्ज लिलामायाँ लामिछाने बताउँछिन् ।

सेवा प्रवाह गर्ने कोठा साँघुरो छ । एकैचोटी तीन चार जना बिरामी आए बस्ने ठाउँको व्यवस्था छैन । कोठामा दुईटा कुर्सी मात्र अट्छ । बिरामीलाई उभ्याइरहनुपर्ने अवस्था छ । सेवा दिन एकदमै गार्‍हो भइरहेको छ,’ लामिछानेले भनिन्, ‘महिला पुरुषका लागि अलग-अलग कोठामा राखेर सेवा दिने ठाउँ छैन । व्यक्तिगत गोपनीयता कायम गर्न असहज छ ।’ स्वास्थ्यचौकीको भाडामा मासिक पाँच हजार खर्च हुने गरेको छ । 

गौरी पार्वती न्यु टेक्निकल जेभीले २०७८ फागुन २७ गतेसम्ममा सम्पन्न गर्नेगरी २०७७ मंसिर ११ गते सम्झौता गरेको थियो । दुई पटक थप भएको म्याद गुज्रिँदा पनि स्वास्थ्यचौकीको भवन निर्माणको काम अलपत्र छ । अर्कातर्फ स्वास्थ्यचौकीको पर्खाल कमसल बनेको स्थानीय एलबी राई बताउँछन् ।

कतिपय ठाउँमा इँटाको पर्खाल ठेल्दा भत्किने गरेको छ । पहिलो पटक थप भएको म्याद २०७९ असार ३२ गते र दोश्रो पटक थप भएको म्याद २०७९ माघ २ गते सकिएपछि ठेकेदारले पुन: आगामी असार मसान्तसम्मका लागि म्याद थपको माग गरेको सघन सहरी विकास तथा भवन निर्माण आयोजनाको कार्यालय ओखलढुंगाका इन्जिनियर शुशिल चौधरीले बताए । ठेकेदारका प्रतिनिधिले काम गर्नुको सट्टा हाकिमको सरुवा गरेपछि मात्र काम अघि बढ्ने बताउने गरेका छन् । 

स्वास्थ्यचौकीको आफ्नै भवन नहुँदा बर्थिङ सेन्टरलाई पनि स्थानीय उषा राईको घरमा राखिएको छ । स्वास्थ्यचौकीसँग नजिक रहनुपर्ने बर्थिङ सेन्टरलाई केही दुरीमा राखिएको छ । २०७५ सालदेखि मासिक चार हजारमा व्यक्तिको घरमा राखिएको बर्थिङ सेन्टरको कोठा पनि साँघुरो छ ।

बर्थिङ सेन्टरको व्यवस्थापन पक्ष कमजोर हुँदा वडामा डेलिभरी संख्या बढाउन सकिएको छैन । स्वास्थ्यचौकीको भवन अलपत्र पार्ने ठेकेदारलाई पटक–पटक भवन निर्माणको काम सम्पन्न गर्न ताकेता गरे पनि अटेर गरेको वडाध्यक्ष रुद्र राई बताउँछन् । काम गरेका कामदारले ठेकेदारबाट हालसम्म पुरा पारिश्रमिक पाएका छैनन् । 

साउदी सरकारको फण्डमा राष्ट्रिय पुननिर्माण प्राधिकरणमार्फत एउटै ठेक्कामा खोटाङको बाहुनीडाँडा, मंगलटार, बतासे, राखाबांदेल र दोर्पाचिउरीडाँडा स्वास्थ्यचौकीको भवन निर्माणको काम सुरु गरिएको थियो । गौरी पार्वती न्यु टेक्निकल जेभीले भ्याट बाहेक सात करोड ४० लाख ८४ हजार २९६ रुपैयाँमा पाँच स्वास्थ्यचौकीको भवन निर्माणको ठेक्का लिएको हो।

समग्रमा पाँच वटै स्वास्थ्यचौकीको भौतिक प्रगति करिब ६० प्रतिशत र वित्तीय प्रगति करिब ४७-४८ प्रतिशत मात्र भएको इन्जिनियर चौधरीले बताए। 

प्रकाशित मिति : २१ जेठ २०८०, आइतबार  ५ : ०१ बजे

किरात धर्मगुरुको वडामा मुढालाई एकलौटी मत

इलाम- इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत अहिले माङ्सेबुङ गाउँपालिकाको

बाजुरामा रेबिजविरुद्धको खोप अभाव

बाजुरा– बाजुरामा सरकारले निःशुल्करुपमा उपलब्ध गराउँदै आएको रेबिजविरुद्धको खोप अभाव

बझाङ अपडेट : एमाले–९८८९, कांग्रेस– ९८८०, अन्तर– ९

काठमाडौं– बझाङ प्रदेशसभा १ मा भएको उपनिर्वाचनको मतगणना जारी छ

चुलाचुलीमा भत्कियो कांग्रेसको गढ

इलाम- उपनिर्वाचन अन्तर्गत चुलाचुली गाउँपालिकाको मतगणना आइतबार राति नै सकिएको

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल