‘भारतले आफ्ना नागरिकलाई नेपाली नागरिकता दिलाउन खोजिरहेको छ’ « Khabarhub

‘भारतले आफ्ना नागरिकलाई नेपाली नागरिकता दिलाउन खोजिरहेको छ’


२१ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतले भारतीयलाई नागरिकता दिलाएर जनसांख्यिक हिसाबले नेपालमा बहुमत पुर्‍याउन खोजेका आरोप लगाए । भारतले नेपाललाई सिक्किम र भुटान बनाउन खोजेको उनको आरोप छ ।

अंगिकृतबाट जन्मिएकालाई वंशजको नागरिकता दिनै नमिल्ने उनले तर्क गरेका छन् । संविधानमै त्यो कुरा राखेर नेपाललाई कमजोर पार्न खोजिएको उनले बताए। भारतीय शासकहरुले भनेका छन् नेपालमा एक करोड भारतीय छन् भनेर। एकातिर भूगोलमाथि आक्रमण, अर्कोतिर जनसांख्यिक आक्रमण गरेर भारतले नेपाललाई सिक्किम बनाउन, भूटान बनाउन प्रयत्न गरिराखेको छ,’ केसीले भने ।

नेपाललाई हिन्दुराज्य बनाउने मात्रै बनाउने नभई अखण्ड भारतमा सामेल गराउने तयारी भारतको रहेको उनले टिप्पणी गरे ।

यस्तै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले नागरिकता विधेयक प्रमाणीकरणका लागि जस लिन नपाएर आक्रोश पोखिरहेको बताएका छन् । एमालेले पनि यो विधेयक ल्याउन खोजेकोमा त्यसको जस लिन नपाउँदा उसलाई छटपटी भइरहेको उनको भनाइ थियो।

प्रकाशित मिति : २१ जेठ २०८०, आइतबार  ५ : ५९ बजे

बाढीमा हराएका आफन्त खोन्न भौतारिदै परिवार, डीएनए अन्तिम आशा

नारायणगढ– रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सम्पर्कविहीन भएका आफ्ना

बाढीमा मृतक र बेपत्ता सशस्त्रका परिवारलाई भेटे महानिरीक्षक पौडेलले

काठमाडौं– सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले कर्तव्य निर्वाहको सिलसिलामा भोटेकोशी बाढीमा

भोटेकोशी बाढी : १२ सयको मृत्यु, चार हजार अझै

काठमाडौं– भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण १२सय बढीको मृत्यु

हिमालयन रिइन्स्योरेन्सका अध्यक्ष उदयकुमार निरौलाद्वारा राजीनामा स्वीकृत

काठमाडौं– हिमालयन रिइन्स्योरेन्स लिमिटेडका संचालक समितिका अध्यक्ष उदयकुमार निरौलाले आफ्नो

एसिसी प्रिमियर कप : नेपालको लगातार दोस्रो जित, मलेसिया ६ विकेटले पराजित

काठमाडौँ – एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगितामा नेपालले लगातार दोस्रो