सहिद स्मारक ए डिभिजन लिगमा नेपाल पुलिस विजयी « Khabarhub

सहिद स्मारक ए डिभिजन लिगमा नेपाल पुलिस विजयी


२१ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


369
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लबले उपाधि दाबेदार मछिन्द्र फुटबल क्लबलाई पराजित गरेको छ । 

आइतबार च्यासल मैदानमा भएको खेलमा पुलिसले मछिन्द्रलाई २–१ गोल अन्तरले हराएको हो । खेलको २७ औं मिनेटमा आफिज ओलावालेले गोल गर्दै मछिन्द्रलाई सुरुआती अग्रता दिलाएका थिए । तर, ७५ औं मिनेटमा मोसेस ग्याबाहले फ्रिकिक मार्फत गोल गर्दै पुलिसलाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको ८१ औं मिनेटमा मोसेसले व्यक्तिगत दोस्रो गोल गर्दै पुलिसलाई २–१ को जित दिलाए ।

जितसँगै पुलिसले २४ खेलमा ३७ अंक जोडेको छ । मच्छिन्द्रको २४ खेलमा ३९ अंक रहेको छ । त्यस्तै आइतबार नै त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एनआरटी र हिमालयनले १–१ गोलको बराबरी खेलेका छन् । खेलको ५२ औं मिनेटमा दिवस उराउले गोल गर्दै हिमालयन शेर्पालाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ५५ औं मिनेटमा दिपेश आले मगरले गोल गर्दै एनआरटीलाई १–१ गोलको बराबरीमा ल्याए । यस बराबरीसँगै एनआरटीले २४ खेलमा ३० अंक जोडेको छ । हिमालयनले २४ खेलमा ३१ अंक जोडेको छ ।

त्यस्तै आइतबार नै एन्फा कम्प्लेक्समा भएको खेलमा संकटाले एफसी खुमलटारलाई ३–० गोल अन्तरले पराजित गर्‍यो । संकटाको जितमा निशान खड्का, आयुष घलान र चन्दन कुमार दासले एक एक गोल गरे । 

जितसँगै संकटाले २४ खेलमा ३० अंक जोडेको छ । खुमलटार २४ खेलमा २४ अंक जोडेर पुछारमा रहेको छ ।

प्रकाशित मिति : २१ जेठ २०८०, आइतबार  ६ : २४ बजे

राष्ट्रिय स्तरको पहिलो परम्परागत खेल महोत्सव सम्पन्न

काठमाडौँ – नेपाली मौलिक तथा परम्परागत खेलको संरक्षण, प्रवर्द्धन र

विश्वकप: अन्तिम १६ मा पुग्ने पहिलो देश बन्यो क्यानडा

काठमाडौँ – क्यानडाले फिफा विश्वकपको इतिहासमा पहिलो पटक नकआउट चरणको

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक

कालीकोट पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

कालीकोट– कालीकोट जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको

मकैको पातमा झरीको सङ्गीत !

प्रिय सोफिया,अविरल माया ।झरीले मकैको पातमा सङ्गीत भरिरहँदा म तिमीलाई