सहिद स्मारक ए डिभिजन लिगमा नेपाल पुलिस विजयी « Khabarhub

सहिद स्मारक ए डिभिजन लिगमा नेपाल पुलिस विजयी


२१ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


369
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लबले उपाधि दाबेदार मछिन्द्र फुटबल क्लबलाई पराजित गरेको छ । 

आइतबार च्यासल मैदानमा भएको खेलमा पुलिसले मछिन्द्रलाई २–१ गोल अन्तरले हराएको हो । खेलको २७ औं मिनेटमा आफिज ओलावालेले गोल गर्दै मछिन्द्रलाई सुरुआती अग्रता दिलाएका थिए । तर, ७५ औं मिनेटमा मोसेस ग्याबाहले फ्रिकिक मार्फत गोल गर्दै पुलिसलाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको ८१ औं मिनेटमा मोसेसले व्यक्तिगत दोस्रो गोल गर्दै पुलिसलाई २–१ को जित दिलाए ।

जितसँगै पुलिसले २४ खेलमा ३७ अंक जोडेको छ । मच्छिन्द्रको २४ खेलमा ३९ अंक रहेको छ । त्यस्तै आइतबार नै त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एनआरटी र हिमालयनले १–१ गोलको बराबरी खेलेका छन् । खेलको ५२ औं मिनेटमा दिवस उराउले गोल गर्दै हिमालयन शेर्पालाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ५५ औं मिनेटमा दिपेश आले मगरले गोल गर्दै एनआरटीलाई १–१ गोलको बराबरीमा ल्याए । यस बराबरीसँगै एनआरटीले २४ खेलमा ३० अंक जोडेको छ । हिमालयनले २४ खेलमा ३१ अंक जोडेको छ ।

त्यस्तै आइतबार नै एन्फा कम्प्लेक्समा भएको खेलमा संकटाले एफसी खुमलटारलाई ३–० गोल अन्तरले पराजित गर्‍यो । संकटाको जितमा निशान खड्का, आयुष घलान र चन्दन कुमार दासले एक एक गोल गरे । 

जितसँगै संकटाले २४ खेलमा ३० अंक जोडेको छ । खुमलटार २४ खेलमा २४ अंक जोडेर पुछारमा रहेको छ ।

प्रकाशित मिति : २१ जेठ २०८०, आइतबार  ६ : २४ बजे

तीन सय शय्यासहित सेवा विस्तार गर्दै नेपाल एपीएफ अस्पताल 

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालमा कार्यरत बहालवाला तथा पूर्व सशस्त्र

चितवनको इच्छाकामनामा सुन्तला महोत्सव हुने

चितवन– यही पुस ११ गतेदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा

सिंहदरबारमा निर्वाचन तयारीबारे सर्वपक्षीय छलफल सुरु (तस्बिरहरू)

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको संसारमा

धनुषामा एक अस्पतालसहित चार वटा औषधि पसललाई कारबाही

जनकपुरधाम– सरकारले तोकेको मापदण्ड विपरीत अवैध रूपमा, दर्ता नगरी सञ्चालित

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका