मोटरसाइकल र अटो ठोक्किँदा एकको मृत्यु, तीन जना घाइते « Khabarhub

मोटरसाइकल र अटो ठोक्किँदा एकको मृत्यु, तीन जना घाइते


२१ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

दाङ – दाङमा मोटरसाइकल र अटो एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा अटो चालक घोराही उपमहानगरपालिका-५ बस्ने किरण रोका रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

टाउकोमा गम्भीर चोट लागेका रोकाको स्वास्थ्य चौकी सिसहनियामा उपचारका क्रममा दिउँसो करिब २ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै घाइते हुनेहरूमा अटोमा सवार घोराही १८ मसिना बस्ने ५२ वर्षीया डिलसरा बादी, मोटरसाइकल चालक राप्ती गाउँपालिका-३ वसन्तपुर बस्ने ३३ वर्षीय दोर्णबहादुर चौधरी र मोटरसाइकलमा सवार सोही ठाउँका ३० वर्षीय सुन्दरप्रसाद चौधरी रहेको जिप्रका दाङका प्रवक्ता एवं डीएसपी राजनकुमार गौतमले जानकारी दिए ।

घाइते चौधरी दुबै जनालाई थप उपचारका लागि बाँकेको नेपालगन्ज रिफर गरिएको छ । घाइते बादीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा उपचार भइरहेको छ ।

आइतबार दिउँसो करिब साढे १ बजेतिर राप्ती गाउँपालिका(४ श्रीनारायण चोकस्थित पूर्वपश्चिम राजमार्ग घोराहीबाट भालुबाङतर्फ जाँदै गरेको भे १२ प ७५०४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको रा १ ह ५६०१ नम्बरको अटो आपसमा ठोक्किएका थिए ।

प्रकाशित मिति : २१ जेठ २०८०, आइतबार  ८ : ३७ बजे

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

किम्रुङ खोलाको बहाव रोकिएपछि कास्की र पर्वतमा उच्च सतर्कता : कस्तो छ जोखिम ?

काठमाडौँ – कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलाको बहाव एक्कासि

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ २४ गते बुधबार सन् २०२६

आज २०८३ साल भदौ २४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २४ गते बुधबार सन् २०२६