पाकिस्तानमा आतङ्कवादीसँगको झडपमा दुई सैनिकको मृत्यु | Khabarhub Khabarhub

पाकिस्तानमा आतङ्कवादीसँगको झडपमा दुई सैनिकको मृत्यु


२१ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तानको खैबर पख्तुनख्वाको बन्नु जिल्लामा आतङ्कवादीहरूसँगको गोली हानाहानमा दुई पाकिस्तानी सैनिकको मृत्यु भएको छ । एआरवाई न्युजले अन्तर सेवा जनसम्पर्क (आईएसपीआर) लाई उद्धृत गर्दै जनाएअनुसार गोलीबारीमा दुई आतङ्ककारी मारिएका छन् ।

सेनाको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘पाकिस्तानका सुरक्षा बलहरू आतङ्कवादको खतरा हटाउन कटिबद्ध छन् र हाम्रा बहादुर सिपाहीहरूको बलिदानले हाम्रो संकल्पलाई अझ बलियो बनाउँछ।’

यसैबीच आईएसपीआरले अघिल्लो दिन मात्र खैबर पख्तुनख्वाको उत्तरी वजिरिस्तान जिल्लामा सुरक्षा बलले दुई जना आतङ्ककारीलाई मारेको बताएको थियो ।

उत्तरी वजिरिस्तान जिल्लाको दोसाली क्षेत्रमा आतङ्कवादी र सुरक्षा बलहरू बीच गोली हानाहान भएको थियो । पाकिस्तानी सुरक्षा बलहरूले तीन दिन अघि उत्तरी वजिरिस्तान जिल्लामा गुप्तचरमा आधारित कारवाही (आईबीओ) मा दुई आतङ्ककारीलाई गोली हानी मारेका थिए ।

प्रकाशित मिति : २१ जेठ २०८०, आइतबार  ३ : ४७ बजे

चट्याङ लागेर ११ जनाको मृत्यु

काठमाडौं– भारतको पश्चिम बंगालमा चट्याङ लागेर ११ जनाको ज्यान गएको

५ लाख धरौटीमा रिहा भए रवि ओड

काठमाडौं– वैवाहिक बलात्कारको मुद्दापछि प्रहरी नियन्त्रण रहेका नेपाल आइडल सिजन

सनराइजर्स हैदरावाद आइपिएलको प्लेअफमा

काठमाडौं– सनराइजर्स हैदरावाद इन्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफमा पुगेको

कांग्रेसलाई जवाफ दिन ‘विश्वासको कार्ड’ ?

काठमाडौं- विहीबार संसदमा हंगामा भइरहँदा सत्तापक्षका नेता नेपी शर्मा ओलीले

फ्रान्सको कब्जामा रहेको न्यू क्यालेडोनिया टापूमा हिंसात्मक प्रदर्शन

काठमाडौं– फ्रान्सबाट १६ हजार किलोमिटर टाढा दक्षिण प्रशान्त महासागरमा रहेको