काभ्रेको खानीखोलामा ‘निःशुल्क अनिवार्य शिक्षा’ लागू | Khabarhub Khabarhub

काभ्रेको खानीखोलामा ‘निःशुल्क अनिवार्य शिक्षा’ लागू


१९ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काभ्रे– काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिकामा निःशुल्क अनिवार्य शिक्षा कार्यक्रम लागू गरिएको छ । गाउँपालिकाको सातवटै वडालाई निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा भएपछि पालिकालाई निःशुल्क शिक्षा कार्यान्वयन घोषणा गरिएको जनाइएको छ ।

गाउँपालिकामा बालबालिकाको विवरण सङ्कलन गरी चार वर्ष पूरा भई १३ वर्ष उमेर पुगेका सबै बालबालिका विद्यालयको पहुँचमा पुर्याइएपछि खानीखोलालाई निःशुल्क शिक्षा कार्यान्वयन गाउँपालिका घोषणा गरिएको अध्यक्ष इन्द्रबहादुर थिङले बताए ।

उनका अनुसार उमेरगत बालबालिका शतप्रतिशत विद्यालय गएका छन् । कार्यक्रमअन्तर्गत चालु शैक्षिक सत्रमा विद्यालय बाहिर रहेका ७२ बालबालिकालाई शिक्षामा पहुँच पुर्याइएको हो ।

गाउँपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन घोषणाका लागि शिक्षा समिति, विद्यालय व्यवस्थापन समिति तथा सामुदायिक सिकाइ केन्द्रलाई प्रभावकारी ढङ्गले परिचालन गरिएको, सूचक बनाएर टोली खटाइएको, वडास्तरमा शिक्षाको युनिट परिचालन गरिएकाले अब सबै विद्यालयको शिक्षा निःशुल्क हुने जनाइएको छ ।

नेपालको संविधानमा शिक्षालाई मौलिक हक र प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य तथा निःशुल्क पाउने प्रावधानअनुरुप अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन घोषणा गरिएको हो ।

जिल्लाको १३ स्थानीय तहमध्ये बेथानचोक गाउँपालिका यही असार पहिलो साता अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन गाउँपालिका घोषणा गरी पहिलो स्थानीय तह बनेको छ ।

सरकारको आउँदो २०८४ सालभित्र सबै स्थानीय तहमा अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन गराउने योजना छ । अनिवार्य र निःशुल्क शिक्षा कार्यान्वयन भएसँगै अब सामुदायिक विद्यालयले माध्यमिक तहसम्मको शिक्षामा विद्यार्थी भर्ना शुल्क, मासिक पढाइ शुल्क, परीक्षा शुल्क र पाठ्यपुस्तकवापतको रकम लिन पाउने छैनन् ।

यसबीच जिल्लामा तामाङ समुदायको बाहुल्यता रहेको खानीखोला गाउँपालिकाका विद्यालयमा चालु शैक्षिकसत्रदेखि तामाङ भाषामा शिक्षण थालिएको छ । गाउँपालिकाले तामाङ समुदायका बालबालिकालाई दोस्रो भाषा नेपाली भाषामा शिक्षा आर्जन गर्दा प्रभावकारी नभएको जनाउँदै तामाङ भाषामा अध्यापन गराउन थालेको हो ।

तामाङ समुदायका बालबालिकाले आफ्नो भाषामा शिक्षा लिन पाउनु उनीहरूको नैसर्गिक अधिकार पनि भएकाले तामाङ भाषामा समेत शिक्षा प्रदान गर्न थालेको गाउँपालिका अध्यक्ष थिङले बताए । उनका अनुसार हाल गाउँपालिकाले कक्षा १ देखि ८ सम्म तामाङ भाषाको पठनपाठन सुरु गरेको हो ।

गाउँपालिकाले भने सबै विद्यालयमा तामाङ भाषालाई अनिवार्य बनाएको छैन । इच्छुक विद्यालयलाई मात्र समावेश गरिएको अध्यक्ष थिङले बताए।

हालसम्म १९ विद्यालयमा तामाङ भाषामा अध्यापन गराउन थालिएको जनाइएको छ । उक्त गाउँपालिकामा माध्यमिक तहको आठ, आभारभूत विद्यालय चार, १ देखि ३ कक्षा र १ देखि ५ कक्षासम्मका २६ विद्यालय छन् । गाउँपालिकामा निजी विद्यालय सञ्चालनमा छैनन् ।

प्रकाशित मिति : १९ असार २०८०, मंगलबार  ८ : ११ बजे

भारतको बजेटमा अर्थतन्त्र सुदृढीकरण र समावेशी विकासमा जोड

एजेन्सी – भारतको अर्थमन्त्री निर्मला सीतारमणले आर्थिक वृद्धिलाई गति दिन,

पाथीभरा केबलकारबारे पहल गर्ने जिम्मेवारी सामान्य प्रशासन मन्त्रालयलाई 

काठमाडौं– गृह मन्त्रालयले ताप्लेजुङस्थित पाथीभरा क्षेत्रमा केबलकार निर्माणमा देखिएको समस्याबारे

डोल्पाको मसिनेचौर विमानस्थल अझै सञ्चालनमा आएन

काठमाडौं – तीन वर्ष अघि निर्माण कार्य सम्पन्न भएको डोल्पाको

पाकिस्तानमा भएको आक्रमणमा १८ सैनिकको मृत्यु

एजेन्सी – पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा भएको आक्रमणमा १८ जना

माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु

जुम्ला– जुम्लामा माटोको ढिस्कोमा पुरिएर आज एक जनाको मृत्यु भएको