अमेरिकाको पेन्सिलभेनियामा गोली प्रहारबाट चारजनाको मृत्यु « Khabarhub

अमेरिकाको पेन्सिलभेनियामा गोली प्रहारबाट चारजनाको मृत्यु


१९ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकामा अन्धाधुन्ध गोली चल्दा चारजनाको मृत्यु भएको छ । पेन्सिलभेनिया प्रान्तको फिलाडेल्फियास्थित फ्रेजियर स्ट्रिटको १८०० ब्लकमा एक आक्रमणकारीले अन्धाधुन्ध गोली चलाउँदा चारजनाको मृत्यु भएको हो । गोली लागेर चार जना घाइते भएका छन् ।

प्रत्यक्षदर्शीका अनुसार बुलेटप्रुफ ज्याकेट लगाएका एक व्यक्तिले अन्धाधुन्ध गोली चलाएका थिए । आक्रमणकारीलाई हिरासतमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रहरीले आक्रमणकारीको पहिचान खुलाउन चाहेको छैन ।

घटनापछि प्रहरीले तत्कालै स्थानीयवासीलाई घर बाहिर ननिस्किन आग्रह गर्दै हतियारधारी व्यक्तिलाई नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति : १९ असार २०८०, मंगलबार  ९ : ०९ बजे

विश्व पर्यटन दिवसमा साइकल र्‍याली

ललितपुर- बागमती प्रदेश सरकारले विश्व पर्यटन दिवसको अवसरमा आज यहाँ

कालीगण्डकीको बाढीले जलजलामा पाँच घर बगायो

पर्वत ‍- कालीगण्डकी नदीमा आएको भीषण बाढीका कारण पर्वतको जलजला

पाल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता

पाल्पा – लगातारको वर्षाका कारण पाल्पाको माथागढी गाउँपालिका–३ भसकट्टामा पहिरो

देशभरका ५० जिल्लाका नदीमा बाढीको जोखिम, १७ जिल्लामा ‘अति उच्च’ सतर्कता

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका

मर्स्याङ्दी नदीको बाढीले तालगाउँ फेरि डुबानमा

पोखरा– लगातारको अविरल वर्षाका कारण मर्स्याङ्दी नदीमा आएको बाढीले मनाङको