सभामुख घिमिरेले शीर्ष नेताहरूसँग छलफल गर्दै, संसदीय समितिबारे कुरा हुने  | Khabarhub Khabarhub

सभामुख घिमिरेले शीर्ष नेताहरूसँग छलफल गर्दै, संसदीय समितिबारे कुरा हुने 


१९ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सभामुख देवराज घिमिरेले आज मुख्य तीन दलका शीर्ष नेताहरूसँग छलफल गर्ने भएका छन् । 

सभामुख घिमिरेले सिंहदरबारस्थित कार्यकक्षमा बिहान ११ बजे प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख विपक्षी दलका नेता एवं एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्न लागेका हुन् ।

सभामुख घिमिरेले संसदीय समितिका सभापति चयन र संसदलाई प्रभावकारी बनाउने विषयमा शीर्ष नेताहरूसँग छलफल गर्न लागेका हुन् । 

बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङको पनि सहभागिता रहने बताइएको छ ।

वैशाख १५ गते प्रतिनिधि सभाका १० वटा विषयगत समिति गठन भएको थियो । समिति गठन भएको दुई सातापछि जेठ २ गते एक साथ १० वटै समितिको बैठक सुरु भएको थियो । तर, सभापति चयन हुन नसक्दा समितिहरूले विधेयकमाथि छलफल गर्न सकेका छैनन् ।

प्रमुख दलका प्रमुख सचेतक, कार्यव्यवस्था परामर्श समितिको बैठक तथा अनौपचारिक छलफलमा पटकपटक सभापति चयन गर्न समयसीमा नै तोक्दा पनि दलहरूले प्रयत्न नगरेपछि सभामुख घिमिरेले शीर्ष नेताहरूलाई बोलाएका हुन् ।

प्रकाशित मिति : १९ असार २०८०, मंगलबार  ९ : ५४ बजे

गृहमन्त्री लामिछानेमाथि छानबिन हुनुपर्छ : राप्रपा

काठमाडौं । राप्रपाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि पनि छानबिन

विपद् व्यवस्थापनका लागि सहकार्य आवश्यक

काठमाडौं । सरोकारवालाहरुले विपद् व्यवस्थापनले ल्याउने सङ्कटको सामनामा जुट्न सबैको

प्रधानमन्त्रीले भने : लुम्बिनी आउँदा मलाई सधैँ खुसी मिल्छ

लुम्बिनी- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गौतम बुद्धको शिक्षामा विश्वास गरे

आजका समाचार : सिरोहिया तीनदिन हिरासतमा रहनेदेखि कांग्रेसद्वारा सडक आन्दोलन घोषणासम्म

कांग्रेसद्वारा सडक आन्दोलन घोषणा, शुक्रबार काठमाडौंमा प्रदर्शन गर्ने प्रमुख प्रतिपक्षी

सिरोहिया पक्राउपछि राप्रपाले भन्यो : अब गृहमन्त्रीलाई पनि छानबिनमा तानौँ

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पनि