पाकिस्तानमा नक्कली प्रहरी मुठभेडका घटना बढ्दै « Khabarhub

पाकिस्तानमा नक्कली प्रहरी मुठभेडका घटना बढ्दै


१९ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तानमा नक्कली प्रहरी मुठभेडका घटना बढेकामा नागरिक समाजले चिन्ता व्यक्त गरेको छ । दैनिक समाचारपत्र डनका अनुसार नक्कली मुठभेडका घटना देशमा सामान्य बन्दै गएका छन् ।

कराँची निवासी काशिफ प्रहरीको नक्कली मुठभेडको शिकार भएका थिए । त्यसपछि उनी धरौटीमा रिहा भई गृहनगर फर्किएका छन् । हिरासतमा हुँदा प्रहरीसँगको ‘इनकाउन्टर’ मा गोली लागेर घाइते भएका कासिफको एउटा खुट्टा काट्नुपरेको थियो ।

काशिफकी आमा जरिनाका अनुसार जे नहुनु पर्ने थियो त्यही भयो अर्थात् प्रहरीको नक्कली मुठभेडको शिकार बनेको आफ्नो छोराले खुट्टा गुमायो । प्रहरीले अनाहकमा काशिफलाई प्रहरी चौकीभित्रै खुट्टामा दुई पटक गोली हानेको थियो ।

समाचारपत्र डनले आज सार्वजनिक गरेको समाचारअनुसार प्रहरी चौकीमा काशिफको जस्तै नियति अन्य छ जनाले भोग्नुपरेको थियो । उनीहरूको अहिले लियाकत विश्वविद्यालय अस्पतालमा उपचार भइरहेको छ ।

जाली मुठभेडमा ‘हाफ फ्राई र फुल फ्राई’ को क्रूर शासन चलेको छ । उच्च अधिकारीले हाफ फ्राईको आदेश दिए ‘खुट्टा भाँच्ने’ र फुल फ्राइ गर्न निर्देशन दिए ज्यान नै लिने गरिन्छ ।

प्रकाशित मिति : १९ असार २०८०, मंगलबार  ४ : ५१ बजे

तस्बिरमा हेर्नुहोस्, बाँसबारीमा भासिएको घर

काठमाडौं– काठमाडौँको बाँसबारीमा बिहीबार राति एक घर भासिएको छ ।  

नेपाली एआई प्लेटफर्म ‘टिङटिङ’को अन्तर्राष्ट्रिय विस्तार

काठमाडौं– नेपालमा विकास भएको एआईमा आधारित व्यावसायिक सञ्चार प्लेटफर्म ‘टिङटिङ’ले

भूमिमन्त्री रावल सुदूरपश्चिम जाँदै, भनिन्- सुकुम्वासी लगायत सरोकारवालासँग भेटघाट गर्छु

काठमाडौं–  भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल

ज्ञानेन्द्रको दाबीअनुसार वालेन्द्रले दर्शन गर्ने ‘खम्पा गुम्बा’ छ त मुस्ताङमा ?

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री वालेन्द्र

हात्तिवन क्षेत्रमा अतिक्रमण गरेर बनाएका संरचनामा डोजर

काठमाडौं उपत्यका बिकास प्राधिकरणले ललितपुरको हात्तिवन क्षेत्रमा अतिक्रमित गरि बनाएका