सवारी दुर्घटना न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रम आवश्यक : मुख्यमन्त्री कार्की | Khabarhub Khabarhub

सवारी दुर्घटना न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रम आवश्यक : मुख्यमन्त्री कार्की


१९ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्नका लागि प्रभावकारी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताएका छन् ।

आजदेखि कोशी प्रदेशमा सुरु भएको ट्राफिक सप्ताह २०८० को उद्घाटन कार्यक्रममा उनले बर्सेनी हुने सडक दुर्घटनाका कारण मुलुकले ठूलो मानवीय र भौतिक क्षति व्यहोर्नुपरेको दृष्टान्त प्रस्तुत गरे ।

उनले भने, “यातायात व्यवसायी, सवारी चालक, ट्राफिक प्रहरी, नेपाल प्रहरीलगायतका सरोकारवाला क्षेत्रबीच आपसी सहकार्य गरी काम गर्नसकेमा दुर्घटना कारण वर्सेनी हुने मानवीय र भौतिक क्षति रोक्न सकिन्छ ।”

मुख्यमन्त्री कार्कीले सडक दुर्घटना न्यूनीकरण गर्न आवश्यक पर्ने सबै खालको व्यवस्थापकीय कार्यका लागि सहकार्य गर्न प्रदेश सरकार तयार रहेको भन्दै सङ्घीय कानूनको अभावमा प्रदेश सरकार आफैँले गर्नुपर्ने कतिपय कार्य पनि गर्न नसकेको जानकारी दिए ।

अघिल्ला वर्षहरूको तुलनामा चालु वर्षमा कोशी प्रदेशमा ट्राफिक व्यवस्थापनमा सुधार आएको दाबी गर्दै उनले भने, “आगामी वर्षमा थप सुधार हुने गरी काम गर्नुपर्छ ।”

मुख्यमन्त्री कार्की आजै आरआरएन नामक एक गैरसरकारी संस्थाबाट सञ्चालित जलवायुजन्य विपद् जोखिमप्रति समुदायको उत्थानशील सुदृढीकरण परियोजनाको उद्घाटन गर्दै कोशी प्रदेशमा ३८ भन्दा बढी किसिमका प्रकोपको जोखिम रहेको अवगत गराए ।

जलवायुजन्य विपद्अन्तर्गत बाढी र पहिरोको जोखिम बढीरहेको बताउँदै उनले पछिल्लो अवस्थामा जङ्गली जनवारको आक्रमणको जोखिम पनि बढ्दो क्रममा रहेको स्पष्ट पारे । उनले विपद् जोखिम न्यूनीकरणका लागि सरोकारवाला निकायले पूर्वतयारीमा बढी जोड दिनुपर्ने सुझाव दिए ।

प्रकाशित मिति : १९ असार २०८०, मंगलबार  ७ : १४ बजे

कांग्रेससँग छलफल सकेर प्रधानमन्त्री पेरिसडाँडामा 

काठमाडौं– सदन खुलाउने विषयमा कांग्रेस नेताहरूसँग छलफल गरेर प्रधानमन्त्री कोटेश्वर

मधेस प्रदेशमा साना दल ‘निर्णायक’ हुँदा ठूला दल निरीह

जनकपुरधाम — मधेश प्रदेश सरकारबाट हटेका नेकपा (माओवादी केन्द्र) र

आवश्यकताका आधारमा समाजवादी कार्यक्रम अघि सार्नुपर्छ : पूर्वप्रधानमन्त्री खनाल

काठमाडौं– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले

टेक्सासमा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या सात पुग्यो

काठमाडौं – टेक्सासको ह्युस्टन सहरमा खराब मौसमसँगै आएको आँधीका कारण

वार्ता सकारात्मक, दुई-तीन वटा ड्राफ्टका विषयमा छलफल भयो : प्रधानमन्त्री सचिवालय 

काठमाडौं– अवरुद्ध संसद् खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँग गरेको