चिनियाँ राजदूतको अभिव्यक्तिविरुद्ध एकता अभियानद्वारा माइतिघरमा प्रदर्शन « Khabarhub

चिनियाँ राजदूतको अभिव्यक्तिविरुद्ध एकता अभियानद्वारा माइतिघरमा प्रदर्शन


१९ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


516
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय एकता अभियानले चिनियाँ राजदूत छन सोङले पोखरा विमानस्थल बीआरआई परियोजनाअन्तर्गत भएको भन्ने अभिव्यक्ति दिएको विरोधमा मंगलबार काठमाण्डौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ ।

सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ऋण र अनुदानमा निर्माण भएको बताइरहँदा राजदूत सोङले पटक–पटक बीआरआई परियोजनासँग जोडेर उक्त विमानस्थललाई बदनाम गरेको भन्दै अभियानले प्रदर्शन गरेको हो ।

अभियानका अध्यक्ष विनय यादवले नेतृत्व गरेको प्रदर्शनमा प्रदर्शनमा हिन्दी अभियानी रमन पाण्डेय, अभियानका वरिष्ठ नेता एव् संविधानसभा सदस्य बिपी यादवलगायतको सहभागिता थियो ।

प्रदर्शनपछि आयोजित सभालाई सम्वोधन गर्दै अध्यक्ष विनय यादवले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका विषयमा गलत प्रचार भइरहेको भन्दै यसलाई रोक्न माग गरे ।

बीआरआई आउनुअघि नै पोखरा विमानस्थलको विकासका लागि सम्झौता भएको स्मरण गर्दै उनले राजदूतको भनाइ र त्यसको दिर्घकालीन असरलाई लिएर नेपाली जनतामा चिन्ता र अन्यौल बढाएको बताए ।

यस्तै हिन्दी अभियानी रमन पाण्डेयले यदी चीन नेपालको मित्र भए चीनले ऋण नभई अन्य मित्रराष्ट्र जस्तै नेपाललाई अनुदान सहयोग गर्नुपर्ने धारणा राखे । राजदूत सोङले पोखरा विमानस्थललाई बीआरआईअन्तर्गतको परियोजना बताउनु चिनियाँ विस्तारवादी नीति रहेको उनको भनाइ छ ।

प्रदर्शनमा अभियानका वरिष्ठ नेता एव् संविधानसभा सदस्य बिपी यादवले बीआरआईमार्फत चीनले नेपालमा विस्तारवादी नीति लादेको भन्दै यसको सशक्त विरोध गर्ने उल्लेख गरे ।

प्रकाशित मिति : १९ असार २०८०, मंगलबार  ७ : ५५ बजे

घुससहित कागेश्वरी मनोहराकी इन्जिनियर कार्की पक्राउ

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी

बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिस्ट्रार र अस्पताल निर्देशक नियुक्त

काठमाडौं : सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिस्ट्रार

प्रधानमन्त्रीको फेसबुके ब्रिफिङ झूटो : नुवाकोटको देवीघाटमा बेलिब्रिज त के, तुइनसमेत राखिएको छैन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा सरकारले तीव्र गतिमा

चीनले भन्यो : रसुवा सीमाक्षेत्रको मौसमको जानकारी नेपाललाई दैनिक दिइरहेका छौँ

काठमाडौं- नेपालमा भदौ १० गते आएको विनाशकारी बाढी तथा पहिरोपछि

अन्तर्राष्ट्रिय बजारमा बढेर आए पनि बढाइएन पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । अन्तरराष्ट्रिय बजारबाट बढेर आए पनि नेपालले भने यसपटक