नेपालीको योगदानबाटै समृद्ध नेपाल निर्माण हुन्छ : ओली « Khabarhub

नेपालीको योगदानबाटै समृद्ध नेपाल निर्माण हुन्छ : ओली


१९ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालीको योगदानबाटै समृद्ध नेपाल निर्माण हुने विश्वास व्यक्त गरेका छन् । ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा केन्द्रीय कृषि तथा पशुपंक्षी विभागको बैठकलाई आज सम्बोधन गर्दै उनले देशभित्र रहेका नेपालीले नै मुलुकको विकास गर्न सक्ने बताए।

विभिन्न देशमा गएर विकास निर्माण गरेका नेपालीले आफ्नो देश पनि बनाउन सक्दैनन् भन्ने प्रश्न नहुने भन्दै अध्यक्ष ओलीले बाहिर गएका बाहेकका नेपालीले नेपाल बनाउन सक्ने विश्वास व्यक्त गरे। “नेपालका २४ लाख जनसङ्ख्या बाहिर गएका छन् । त्यो २४ लाख जनसङ्ख्या नहुँदा पनि नेपालमै रहेका जनसङ्ख्याले मुलुकको विकास गर्न सक्दछ”, उनले भने, “विभिन्न देशमा गएर पुल, एयरपोर्ट, अनेक संरचना बनाइ दिएका छन् । आफ्नो देशमा बनाउन सक्दैनन् भन्ने कुरा हुन्छ ?”

मुलुक बाहिर गएका दक्ष जनशक्तिलाई नेपाल फर्काउनु पर्नेमा जोड दिँदै अध्यक्ष ओलीले भने, “हामी बाहिर गएर नेपालीलाई बलजफती फर्काउन सक्दैनौँ । मुलुक बाहिर जाने प्रवृत्तिलाई रोक्ने, बाहिर जाने आकर्षण कम गर्ने र मुलुकभित्रको आकर्षण वृद्धि गर्ने तथा बाहिरबाट आएपछि जान मन नलाग्ने स्थिति बनाउने गर्नुपर्दछ ।”

उनले ६० प्रतिशत जनसङ्ख्यालाई कृषि क्षेत्रमा प्रवेश गराउनुपर्नेमा जोड दिँदै कृषि अर्थतन्त्र बलियो भएको हाम्रो जस्तो समाजलाई कसैले पनि प्रहार गर्न नसक्ने दाबी गरे । “कृषिमा आधारित मजबुद अर्थतन्त्रलाई अरुले केही गर्न सक्दैनन् । त्यसको अलिकति आयात तथा निर्यात घटाउन सक्ला”, उनले भने, “हामी कृषिमा निर्भर भयौँ भने आर्थिक मन्दीले कुनै घुडा टेकाउन सक्दैन । दैनिक रुपमा जीवन चलाउनका लागि कसैले पनि केही सक्दैन ।”

प्रकाशित मिति : १९ असार २०८०, मंगलबार  ९ : १६ बजे

१३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज १३ जिल्लामा संघीय

बाढी-पहिरो र खराब मौसमका कारण दूरसञ्चार सेवा अवरुद्ध, मर्मत कार्य जारी

काठमाडौँ – असोज ८ गतेदेखिको निरन्तर हावाहुरी, भारी वर्षा र

पहिरोले मध्यपहाडी लोकमार्ग अवरूद्ध

गण्डकी– मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ सडक अवरूद्ध भएको छ । पर्वत

विश्व पर्यटन दिवसमा साइकल र्‍याली

ललितपुर- बागमती प्रदेश सरकारले विश्व पर्यटन दिवसको अवसरमा आज यहाँ

कालीगण्डकीको बाढीले जलजलामा पाँच घर बगायो

पर्वत ‍- कालीगण्डकी नदीमा आएको भीषण बाढीका कारण पर्वतको जलजला