अवतरणका क्रममा विमानको टायरमा भीषण आगलागी « Khabarhub

अवतरणका क्रममा विमानको टायरमा भीषण आगलागी


१९ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


666
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क– यात्रुहरूले विमानको टायरमा आगो लागेको खबर पाएपछि डेल्टा एयरलाइन्सको विमानमा हंगामा मच्चिएको थियो ।

घटना बुधबार साँझको हो । बोस्टनबाट उडेको डेल्टा विमान एटलान्टामा अवतरण गर्ने क्रममा यो दुर्घटना भएको हो । अवतरणको क्रममा विमानको टायर फुट्यो र एटलान्टाको हार्ट्सफिल्ड ज्याक्सन अन्तर्राष्ट्रिय विमानस्थलबाट तुरुन्त १९० यात्रुलाई सुरक्षित रूपमा बाहिर निकालियो। राहत तथा उद्धारका क्रममा एक यात्रु पनि घाइते भएका छन् ।

आफ्नो आधिकारिक विज्ञप्तिमा संघीय उड्डयन प्रशासनले भनेको छ कि बुधवार साँझ ६ बजेतिर भएको थियो, जब बोस्टनबाट डेल्टा उडान १४३७ ले एटलान्टामा अवतरण गर्ने क्रममा यसको बायाँ मुख्य गियर टायर फुट्यो। त्यसपछि यात्रुहरूले आगोबाट बच्न विमानको आकस्मिक शुटको सहारा लिए र चिप्लिएर तल झरेका थिए ।

विमानमा सवार एक यात्रुले स्थानीय न्युज स्टेशन ११ अलाइभलाई आगलागी भएको खबर पाएपछि विमानमा हलचल मच्चिएको बताए । यो घटनापछि मानिसहरु निकै डराए र सबैलाई आफ्नो ज्यानको चिन्ता थियो ।

दुर्घटनाग्रस्त विमानमा सवार रहेका ब्रुस क्याम्पबेलले भने कि डेल्टा चालक दल र एयरपोर्टका कर्मचारीहरूले राम्रो काम गरे र स्थितिलाई छिट्टै नियन्त्रणमा ल्याए। घटनास्थलमा करिब १०० ग्राउन्ड स्टाफ र २० वटा गाडी  तैनाथी गरिएको उनले बताए ।

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार  ९ : २२ बजे

नेपालमा तय तिब्बतसँग सम्बन्धित अन्तर्राष्ट्रिय कार्यक्रम अब अनलाइन माध्यमबाट हुने

काठमाडौं– नेपालमा आयोजना गर्न लागिएको तिब्बतसँग सम्बन्धित अन्तर्राष्ट्रिय कार्यक्रम अब

‘कांग्रेसले जिम्मेवार र परिपक्व भूमिका निर्वाह गर्छ’

जनकपुरधाम- नेपाली कांग्रेसका नेता तथा पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिले वर्तमान राजनीतिक

भक्तपुरमा ७ हजार रुपैयाँमा ग्यास बेच्ने किराना पसल सञ्चालक पक्राउ

भक्तपुर– भक्तपुरमा खाना पकाउने एलपी ग्यासको कालोबजारी गरेको आरोपमा प्रहरीले

वामपन्थीहरुलाई एकै ठाउँमा ल्याउने प्रयासमा छौँ : वर्षमान

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन ‘अनन्त’

जुम्लामा ४८ करोड राजस्व संकलन

जुम्ला– आन्तरिक राजस्व कार्यालय जुम्लाले गत आर्थिक वर्ष २०८२-८३ मा