फूल खेतीबाट मनग्य आम्दानी  « Khabarhub

फूल खेतीबाट मनग्य आम्दानी 


१९ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

घोराही– घोराही उपमहानगरपालिका–१४ झिँगौराका लोकेन्द्र रोकामगर विगत नौ वर्षदेखि व्यावसायिक फूल खेतीमा छन् । वैदेशिक रोजगारीलाई बिट मार्दै स्वदेशमै स्वरोजगार हुने उनको योजना फूल खेतीबाट पूरा भएको छ ।

‘फूल खेतीबाट हुने आम्दानी राम्रो छ, सिजनमा लाखौँको फूल बिक्री भइरहेको छ’, उनले भने । फूल खेतीबाट आम्दानी राम्रो हुन थालेपछि काम खोज्दै विदेश पनि नपरेको उनको भनाइ छ । बरु यही व्यवसायलाई बिस्तार गर्दै अघि बढ्ने उनले योजना सुनाए ।

रोजगारीका क्रममा सात वर्ष कतारमा बिताएका रोका मगरले दशैँ र तिहारलगायतका पर्व एवं शुभ कार्यमा फूलको माग राम्रो देखेपछि फूल खेतीमा होमिएका हुन् । हाल उनले हजारीका बिरुवा उत्पादन गर्दै  बिक्री समेत गरिरहेका छन् ।

हजारीका बिरुवा घोराहीसहित तुलसीपुर, लमही, नारायणपुरका साथै कपिलवस्तु र सुर्खेतसम्म पुर्‍याउँछन् । थोकमा एउटा बिरुवाको रु साढे तीन र खुद्रामा रु पाँचका दरले बिक्री गर्ने गरेको उनको भनाइ छ । उनले गत तिहारमा मात्रै रु १० लाखको हजारी फूलका माला र फूल बिक्री गरेको बताए ।

दुई बिघा जग्गा भाडामा लिएर फूलखेती गरेका उनले अहिले भारतको कोलकाताबाट अफ्रिकन मेरीगोल्ड जातको सयपत्रीको बीउ ल्याएका छन् ।

‘काठमाडौँतिर व्यावसायिक फूलखेती भए पनि दाङमा नभएकाले फूलखेती सुरु गरेको हुँ’, उनले भने, ‘घोराही बजार नजिकै भएकाले बजारको कुनै समस्या छैन ।’ पहिले तिहारका लागि मात्रै सयपत्री फूल उत्पादन गर्ने भए पनि हाल बाह्रै महिना माग हुने गरेको उनको भनाइ छ ।

अहिले उनले सजावटका लागि फूलका बिरुवा, उत्पादन तथा बिक्रीसमेत गर्दै आएका छन् । फूलको माग दसैँ तिहारमा बढी हुने गरेको उनको भनाइ छ । यसै गरेर विभिन्न औपचारिक कार्यक्रम, विवाह, पूजाआजाका लागि फूलको माग हुने गरेको बताए ।

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार  १२ : १८ बजे

आयुषचन्द्र रेग्मीले ल्याए र्‍याप गीत ‘तान्त्रिक’

काठमाडौँ – मनोवैज्ञानिक परामर्शदाता आयुषचन्द्र रेग्मीको र्‍याप गीत ‘तान्त्रिक’ सार्वजनिक

पनामामा भूकम्पपछि आपतकाल घोषणा 

एजेन्सी- शक्तिशाली भूकम्पबाट घर, विद्यालय, अस्पताल, सडक तथा सार्वजनिक भवनमा

आईपीयूमा नेपालको जलवायु विपद्सम्बन्धी प्रस्ताव दुईतिहाइ मतले पारित

काठमाडौं– प्रतिनिधसभाका सभामुख डोलप्रसाद अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ

दिवंगत विजय पौडेलको निवासमा पुगे अध्यक्ष ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले  दिवंगत भएका डा.

गाजामा पाँच प्यालेस्टिनी लडाकु मारिएको इजरायलको दाबी

काठमाडौँ – इजरायली रक्षा बल (आईडीएफ) ले दक्षिणी गाजामा पछिल्लो दुई