आँखा पाक्ने समस्या देखिएपछि दुई दिन विद्यालय बन्द | Khabarhub Khabarhub

आँखा पाक्ने समस्या देखिएपछि दुई दिन विद्यालय बन्द


१९ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

चितवन- बालबालिकामा आँखा पाक्ने समस्या बढ्दै गएपछि चितवनको खैरहनी नगरपालिकाका विद्यालयहरु दुई दिनका लागि बन्द गरिएको छ । पालिकाभित्र रहेका विद्यालय तथा क्याम्पस साउन २१ र २२ गते दुई दिनका लागि बन्द गरिएको हो ।

नगर शिक्षा अधिकारी राजु बानियाले विद्यालय आउने विद्यार्थीमध्ये ४० प्रतिशतमा आँखा पाक्ने समस्या देखिएपछि विद्यालय बन्द गरिएको जानकारी दिए ।

सामुदायिक विद्यालयमा परीक्षा सकिएर वर्षे बिदा भएकाले संस्थागत विद्यालय र क्याम्पसहरु बन्द गरिएको उनले बताए । बानियाका अनुसार अहिलेको बिदा विद्यालयले हिउँदे र बर्षे बिदाबाट कट्टा हुने गरी गरिएको मिलान गर्नुपर्नेछ ।

यस पालिकामा सामुदायिक विद्यालय २७, संस्थागत विद्यालय २२ र कलेज चार रहेका छन् । यहाँ १७ हजार पाँच सय विद्यार्थी अध्ययन गर्दै आएका छन् ।

मौसममा आएको परिवर्तनसँगै ‘एडिनो भाइरस कन्जङ्ग्टिवाइटिस’ का कारण बालबालिकामा आँखा पाक्ने समस्या देखिएको नगर स्वास्थ्य अधिकारी निर्मल घिमिरेले जानकारी दिए ।

उनका अनुसार यो सङ्क्रमण पाँचदेखि सात दिनमा निको हुन्छ । यसबाट बच्नका लागि आँखाका बिरामीको संसर्गमा नआउने, कालो चस्मा लगाउने, आँखा परीक्षण गरी औषधिको प्रयोग गर्ने, सफा पानीले नियमित आँखा सफा गर्ने, नियमित साबुनपानीले हात धुने, तौलिया, रुमाल, लत्ताकपडा तथा शृङ्गारका सामानहरु साझा रुपमा प्रयोग गर्न नहुने घिमिरेले बताए ।

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार  ३ : १२ बजे

धौलागिरि चक्रीय पदमार्गमा पर्यटक र पथप्रर्दशक बेपत्ता

म्याग्दी – म्याग्दी र मुस्ताङ जोड्ने धौलागिरि चक्रीय पदमार्गमा पर्यटक

तिहारमा कस्तो रहला मौसम ?

काठमाडाैं । तिहारको अवधिमा देशभर ठूलो मौसमी प्रणालीको खास प्रभाव

तिहार सुरुः नयाँ भाँडा किनेर मनाइयो धनतेरस

काठमाडौं – कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धनतेरस पर्व आज

पर्याप्त ब्रेथलाइजर मेसिन नहुँदा मापसे जाँचमा समस्या

काठमाडौं – काठमाडौँ उपत्यकामा मादक पदार्थ सेवन (मापसे) विरुद्धको कारबाहीमा

धानको समर्थन मूल्य कार्यान्वयन गर्न आग्रह

सुदूरपश्चिम – जिल्ला प्रशासन कार्यालय कैलालीले नेपाल सरकारले तोकेको धानको