थापाथली क्याम्पसका विद्यार्थीद्वारा प्रदर्शन « Khabarhub

थापाथली क्याम्पसका विद्यार्थीद्वारा प्रदर्शन


१९ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- शिक्षा क्षेत्रमा पर्याप्त लगानी गर्नुपर्ने भन्दै थापाथली क्याम्पसका विद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।

गुणस्तरीय शिक्षाका लागि पूर्वाधार निर्माणका साथै विद्यार्थीहरुले सहज रुपमा पढ्नसक्ने गरी शिक्षामा लगानी गर्नुपर्ने भन्दै थापाथली क्याम्पस, स्वतन्त्र विद्यार्थी युनियनको अग्रसरतामा क्याम्पसअगाडि प्रदर्शन गरिएको हो । क्याम्पसमा विद्यार्थीहरुले पाउनुपर्ने सुविधा नपाएका कारण पढाइमा समस्या परेको, थापाथली क्याम्पसले फि बढाउने तयारी गरेको उनीहरुले बताएका छन् ।

सरकारले शिक्षामा लगानी नगरेकै कारण त्यसको भार विद्यार्थीहरुले बोक्न बाध्य भएको थापाथली क्याम्पस, स्वतन्त्र विद्यार्थी युनियनका सभापति पुस्कर शाहीले बताए ।

प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले सरकार वर्तमान देउ, इन्जिनियर बन्छौ, भविष्य दिन्छौ, शिक्षा मै राजनीति देशको बेजती, सरकार झूठो आश, ठूलो निकासलगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार  ३ : ३६ बजे

कम्बोडिया र थाइल्यान्डको सीमा क्षेत्रको झडप दोस्रो सातामा प्रवेश

बैंकक- कम्बोडिया र थाइल्यान्डबीच नयाँ सीमा भिडन्त आइतबार दोस्रो हप्तामा

‘एमाले छ्वालीको होइन, बलियो स्टिलको लौरो हो, कसैले भन्दैमा फुट्दैन’

काठमाडौं- नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले पार्टीको ११ औँ

केपी ओलीलाई सुरेन्द्र पाण्डेको प्रश्न- यो मनपरी होइन भने के हो ?

काठमाडौं- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठकले अस्वीकार

खेतीयोग्य बारी बाँझिदै गएपछि बागलुङमा कोदो उत्पादन घट्यो

ढोरपाटन (बागलुङ)- खेतीयोग्य बारी बाँझिदै जान थालेपछि बागलुङमा हरेका वर्ष

‌ओलीले तीन महिनामै बेकामे बनाइदिए करोडौं खर्च गरिएको विधान महाधिवेशनलाई

काठमाडौं- नेकपा (एमाले)ले गत भदौ २० गतेदेखि २२ गतेसम्म ललितपुरको