मानवअधिकार आयोगको भूमिका महत्वपूर्ण : मन्त्री शर्मा « Khabarhub

मानवअधिकार आयोगको भूमिका महत्वपूर्ण : मन्त्री शर्मा


१९ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले साधन स्रोतको सीमितताका बावजुद राष्ट्रिय मानवअधिकार आयोगले महत्वपूर्ण भूमिका खेलेको बताएकी छिन् । आयोगको कार्यालयमा आज मानवअधिकार अभिलेख केन्द्रको उद्घाटनपश्चात् मन्तव्य राख्दै उनले मान्छेको टाउकोको मूल्य तोक्ने र चरम द्वन्द्वको समयमा पनि आयोगले गरेको काम महत्वपूर्ण रहेको बताइन् ।

“साधन स्रोतको सीमितताका बावजुद पनि आयोगले महत्वपूर्ण भूमिका खेलेको छ, चरम द्वन्द्वको समयमा सबै अप्ठ्यारोका बावजुद पनि जुन भूमिका निर्वाह गर्दै आएको छ, यो आफैँमा महत्वपूर्ण छ । मानव सेवाको काम पनि हो भन्ने मलाई लाग्छ, यो पुण्य कामका आधारमा तपाईंहरू धन्यवादका पात्र हुनुहुन्छ । मान्छेको टाउकोको मूल्य तोक्ने समय र चरम द्वन्द्वको समयमा आयोगले बोलिदिने कुराले महत्वपूर्ण प्रभाव पार्थ्यो र राहत  हुन्थ्यो”, मन्त्री शर्माले भनिन् ।

उनले मानवअधिकारलाई बाहिर भएका डकुमेन्टहरू पनि सङ्कलन गरेर राख्न र अभिलेखलाई डिजिटलाइज गरेर राख्ने प्रबन्ध मिलाउन आग्रह गरिन् । पूर्वप्रधानन्यायाधीश तथा आयोगका पूर्वअध्यक्ष अनुपराज शर्माले आफ्नो सामथ्र्य र शक्तिलाई चिनेर काम गर्न राष्ट्रिय मानवअधिकार आयोगलाई आग्रह गरे ।

नेपालका लागि संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमका आवासीय प्रतिनिधि इलान्का मेडागान्डा लावेले राष्ट्रिय मानवअधिकार आयोगले गरेको यो कार्यका लागि बधाई दिँदै तथ्याङ्क सङ्कलन र दस्तावेजीकरणको धेरै महत्वपूर्ण र गाह्रो काम गरेकोमा प्रशंसा व्यक्त गरिन् । उनले अध्ययनशील मानिसका लागि ज्ञान हासिल गर्न महत्वपूर्ण हुने धारणा राखिन् ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले आयोगसँग सहकार्य गर्न चाहेको उल्लेख गर्दै आयोगको नयाँ भवन निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । आयोगका कार्यवाहक अध्यक्ष डा सूर्य ढुङ्गेलले नेपालको अभिलेखालय विभिन्न अन्तर्राष्ट्रिय देशका लागि अनुकरणीय बनोस् भन्ने चाहना आयोगको रहेको बताए ।

उनले मानवअधिकार सरकारको प्राथमिकतामा पर्नुपर्ने विषय भएको भन्दै मानवअधिकार ऐनको आवश्यकता औँलयाए । अभिलेखालयमा मानवअधिकार आयोग स्थापनाको पृष्ठभूमि, हालसम्मका पदाधिकारीहरूको विवरण, द्वन्द्वकालमा आयोगले खेलेको भूमिका, अनुगमनका क्रममा भेट्टाएका महत्वपूर्ण सामग्री, अनुगमनका क्रममा कैद गरिएका तस्बिरलगायतका सन्दर्भ सामग्री राखिएका छन् ।

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार  ७ : ४९ बजे

भोटेकोशी बाढी : पोखरा ल्याइएका १५ शव आफन्तले बुझे

कास्की – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण मृत्यु

रसुवा बाढीका मृतकको डीएनए परीक्षणमा भारतीय फरेन्सिक टोली सक्रिय

काठमाडौं – रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको पहिचानका

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौं – भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ

भोटेकोशी बाढी : आजसम्म २८९ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका

प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौं – बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी