रातको समयमा चोरी गर्ने व्यक्तिहरु पक्राउ « Khabarhub

रातको समयमा चोरी गर्ने व्यक्तिहरु पक्राउ


१९ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


948
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रातको समयमा चोरी गर्दै हिड्नेलाई प्रहरीले पक्राउ गरेको छ । गत साउन ६ गते राति १२ देखि ३ बजेको समयमा काठमाडौँको बुढानीलकण्ठ नगरपालिकास्थित गैरीगाउँमा रहेको सुजन श्रेष्ठको घरमा चोरी गरेको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पासा भन्ने विकाश पोडेलाई ठमेलबाट पक्राउ गरेको हो ।

सुजन श्रेष्ठको घरबाट चोरी भएका ८५ लाख २६ हजार ९ सय रुपैयाँ बराबरको बहुमूल्य घडी, सुन तथा हिराका विभिन्न गरगहना तथा नगद पोडेसँग रहेको खुल्न आएकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

अनुसन्धान गर्ने क्रममा प्रहरीले घटनामा हाल प्रहरी वृत मालिगाउँमा अभद्र व्यवहार कसुरको अनुसन्धानको सिलसिलामा थुनामा रहेका सुमन भन्ने विष्णु श्रेष्ठको पनि संलग्नता रहेको खुल्न आएको जनाएको छ ।

प्रहरीका अनुसार घटनामा संलग्न सुमन भन्ने विष्णु श्रेष्ठ यसअघि पनि चोरीका घटनामा संलग्न रहेको र उनीउपर काठमाडौँ उपत्यकाका विभिन्न प्रहरी कार्यालयबाट चोरीलगायत ६ वटा मुद्दा चलेको पाइएको छ ।

थप अनुसन्धान तथा कारवाहीको लागि पोडेलाई प्रहरी वृत महाराजगञ्ज पठाइएको छ ।

 

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार  ८ : १३ बजे

त्रिशूलीको कटानले तारुकाघाटमा त्रास, दर्जनौँ घर जोखिममा (तस्बिरहरू)

काठमाडौं– भाद्र १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि

ट्रम्प प्योङयाङसँग वार्ताका लागि इच्छुक : दक्षिण कोरियाली राष्ट्रपति

सियोल- दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प

‘जलवायु संकटको जोखिम न्यूनीकरण गर्न बहुपक्षीय सहकार्य आवश्यक’

काठमाडौं- सरोकारवालाहरुले जलवायु संकटको जोखिम न्यूनीकरण गर्न बहुपक्षीय सहकार्यमा जोड

काभ्रेका ३२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि

बनेपा– जिल्लामा डेङ्गु सङ्क्रमितको सङ्ख्या ३२ पुगेको छ । जिल्लास्थित

१४औँ कार्यसमितिले नै नियमित प्रक्रियाबाट १५औँ महाधिवेशन गर्छ : प्रकाशमान सिंह

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर समूहका नेता प्रकाशमान सिंहले १४