भारत र मंगोलियाका सैनिकले गरे संयुक्त सैन्य अभ्यास | Khabarhub Khabarhub

भारत र मंगोलियाका सैनिकले गरे संयुक्त सैन्य अभ्यास


१९ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारत र मंगोलियाका सैनिकले संयुक्त रुपमा सैन्य अभ्यास गरेका छन् । दुई मुलुकका सैनिकले ‘नोमाडिक एलिफेन्ट २३’ नामक संयुक्त सैन्य अभ्यास गरेका हुन् । भारतीय सेनाको सूचना महानिर्देशनालयले सैन्य अभ्यासबारे जानकारी दिएको हो ।

अभ्यासमा सहभागी हुन भारतीय सेनाका ४३ सैनिकहरु मंगोलियाको राजधानी उलानबटार पुगेका थिए । उनीहरु भारतीय वायुसेनाको सी १७ लडाकु विमानमार्फत् मंगोलिया पुगेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

सकारात्मक सैन्य सम्बन्धको विकास, उत्कृष्ट अभ्यासको आदान प्रदान र दुई मुलुकका सेनाबीच मित्रता कायम राख्नका लागि संयुक्त अभ्यासको आयोजना गरिएको भारतीय रक्षा मन्त्रालयले जनाएको छ ।

रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै संयुक्त राष्ट्रसंघको म्यान्डेटअनुसार पहाडी इलाकामा आतंकवादविरुद्धको कारवाही गर्ने विषयलाई प्राथमिकता दिँदै अभ्यास गरिएको जनाएको छ ।

यसअघि सन् २०१९ मा पनि दुई मुलुकका सेनाले संयुक्त सैन्य अभ्यास गरेका थिए ।

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार  १२ : २४ बजे

हङकङ सिक्सेस: नेपाल दक्षिण अफ्रिकासँग भिड्दै

काठमाडौं – हङकङ इन्टरनेसनल सिक्सेस क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा

प्रहरी कार्यालयमा तोडफोड आरोपमा श्रीमान्–श्रीमती पक्राउ

बनियानी – जेनजी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय अनारमनीमा तोडफोड

चुनाव हारे हारिन्छ संविधान जोगाउन निर्वाचनमा जानुपर्छ: सरिता प्रसाईं

काठमाडौँ– नेपाली कांग्रेसकी नेतृ सरिता प्रसाईंले संविधान जोगाउन पनि पार्टीले

केन्द्रीय सदस्य पौडेलले गगन-विश्वमाथि लगाए यस्ता आरोप

काठमाडौँ– नेपाली कांग्रेसका नेता किरण पौडेलले पार्टीका दुई महामन्त्रीकै भूमिकाले

दैलेखमा जीप दुर्घटना, १५ जना घाइते

काठमाडौं – दैलेखमा बोलेरो जीप दुर्घटना हुँदा १५ जना घाइते