एपेन्डिक्स फुट्दा कस्तो जोखिम हुन्छ ? | Khabarhub Khabarhub

एपेन्डिक्स फुट्दा कस्तो जोखिम हुन्छ ?

एपेन्डिसाइटिसको समस्या र उपचार


१८ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

पछिल्लो समय मानिसमा एपेन्डिसाइटिसको समस्या बढ्दै गएको छ। एपेन्डिसाइटिसको समस्या भित्रभित्रै मानिसको स्वास्थ्यको लागि जोखिम निम्त्याउने विषय हो। तर, आम मानिसमा एपेन्डिसाइटिसबारे जानकारी धेरै नहुनसक्छ। हाम्रो पेटभित्र ठुलो आन्द्रा र सानो आन्द्रा जोडिएको ठाउँ नजिकै ठुलो आन्द्राबाट ७ सेन्टिमिटर लामो आन्द्रा निस्किएको हुन्छ। यो आन्द्रामा इन्फेक्सन भयो भने एपेन्डिसाइटिस हुन्छ। त्यसैले एपेन्डिसाइटिस कसरी के कारणले हुन्छ ?देखापर्ने लक्षण के कुन सक्छन् ? यसको उपचारको प्रक्रिया के कस्तो छ ? यी र यस्तै विषयमा आधारित रहेर खबरहबका लागि सर्जन डा. कमल कोइरालासँग गरिएको कुराकानीको सम्पादित अंश :

एपेन्डिसाइटिस भनेको के हो ?
एपेन्डिक्स मानव शरीरमा पेटभित्र दाहिने कम्मरको अलिमाथि सानो आन्द्रा र ठुलो आन्द्रा जोडिएको भागको पछाडि रहेको अंग हो। यो एउटा आकस्मिक अवस्था हो। यसमा एपेन्डिक्स भन्ने अंग सुन्निएको अवस्थामा हुन्छ। कुनै अवस्थामा त फुटिसकेको पनि हुनसक्छ। यसको उपचार हुन नसके एपेन्डिक्स फुटेर मृत्यु हुने गरेको पाइन्छ। हाम्रो पेटभित्र ठुलो आन्द्रा र सानो आन्द्रा जोडिएको ठाउँ नजिकै ठुलो आन्द्राबाट ७ सेन्टिमिटर लामो आन्द्रा निस्किएको हुन्छ। यो आन्द्रामा इन्फेक्सन भयो भने एपेन्डिसाइटिस हुन्छ। यो आन्द्रा सानो हुने भएकाले ब्लक हुदाँ इन्फेक्सन हुने सम्भावना हुन्छ। एपेन्डिसाइटिस हाम्रो पेटको दायाँतिरको तल्लो भागमा हुनेगर्छ। त्यही ठाउँमा दुख्ने गर्छ। हामीले हेर्दा साधारण देखिए पनि एपेन्डिसाइटिस पत्ता लगाउन जटिल हुनेगर्छ। एपेन्डिसाइटिस अल्ट्रासाउन्ड, सिटीस्क्यान, एमआरआई गरेर देखिँदैन। चिकित्सक वा सर्जनले बिरामीलाई के भएको भनेर राम्रोसँग सोधपुछ गरेपछि मात्र यो रोग पत्ता लाग्छ।

के कारणले हुन्छएपेन्डिसाइटिस?
शरीरको ठुलो आन्द्रामा गाँठो पर्दा वा बटारिँदा आन्द्रामा रहेको दिसा फर्केर आएमा त्यसले एपेन्डिक्समा पसेर एपेन्डिक्सको संक्रमण गराउन सक्दछ। एपेन्डिक्समा जुका आएर पनि एपेन्डिसाइटिस गराउन सक्दछन्। कब्जियतका बिरामीले दिसा खुकुलो बनाउने औषधिको अत्यधिक प्रयोग गरेमा पनि एपेन्डिसाइटिस हुन सक्छ।
दश वर्षदेखि तीस वर्षसम्मका मानिसमा यो समस्या धेरै देखिन्छ। यो आन्द्रामा लिम्फोइड टिस्युहरु बढ्यो भने ब्लक हुन्छ। कतिपय अवस्थामा साह्रो दिसा आएको छ भने त्यसले पनि ब्लक गर्छ र इन्फेक्सन बढ्दै जान्छ।
यदि समयमै उपचार गरिएन भने पाक्ने, पिप जम्ने र फुट्ने हुन्छ। यो अवस्थालाई एड्भान्स एपेन्डिसाइटिस भन्ने गरिन्छ। यसको मुख्य कारण भनेको लिम्फोइड टिस्युहरु बढी हुँदा आन्द्रा ब्लक हुने हुन्छ।

देखापर्ने लक्षणहरु के के हुन् ?
एपेन्डिसाइटिस सुरु हुँदा नाइटोको वरिपरी दुख्ने गर्छ। पछि इन्फेक्सन बढ्दै जाँदा हाम्रो पेटको दायाँतिरको तल्लो भागमा दुख्ने गर्छ। यसका साथै बिरामीलाई भोक नलाग्ने, खाना खान मन नलाग्ने, बान्ता हुने, ज्वरो आउने हुन्छ। चिकित्सकले पेटको तल्लो भागमा भएको पोइन्ट थिच्दा दुख्ने र थिचेर छोड्यो भने झन धेरै दुख्ने हुन्छ। रगत जाँच गर्दा डब्लुबिसी बढेको पाइन्छ। सबै खालको दुखाई एपेन्डिसाइटिस हुँदैन। शंका लाग्यो भने जाँच गनुपर्छ। एक वर्षमा एक लाख जना मध्ये सय जनालाई एपेन्डिसाइटिस हुनेगर्छ।

यसको उपचार कसरी गरिन्छ ?
सबै भन्दा पहिला बिरामी अस्पतालमा आएपछि अरु कुनै रोग लागेको छ छैन सबै जाँच गरिन्छ। कसैलाई ग्यास्ट्रिक भएको जस्तो लक्षण लिएर आउनुहुन्छ। ठिक भएर घर गएको भोलिपल्ट दुखाई पनि पेटको दायाँतिरको तल्लो भागमा सर्ने गर्छ। यस्तो भयो भने एपेन्डिसाइटिस भएको भनेर थाहा पाउनुपर्छ।

एपेन्डिसाइटिसको उपचार गर्न गाह्रो हुने गर्छ। अल्ट्रासाउन्ड गर्दा पनि ५०, ६० प्रतिशत भन्दा बढी पत्ता लाग्दैन। सिटिस्क्यान गर्यो भने ९० प्रतिशत मात्र पत्ता लाग्छ। अल्ट्रासाउन्ड र सिटिस्क्यानले पत्ता नलागेको बेला एपेन्डिसाइटिस भएको होइन भन्ने लाग्छ। तर, सर्जनको कुरा सुनेर अघि बढ्नुपर्छ। यसको लागि सहरी क्षेत्रमा भएका व्यक्ति सुरुवाती अवस्थामानै अस्पताल पुग्ने गर्नुहुन्छ। गाउँघरमा एपेन्डिसाइटिस फुटेर जटिल भएको र ज्यान नै गुमाउनु परेको अवस्था पनि छ। उपचार गरेपछि धेरै जनालाई ठिक हुन्छ, कुनै समस्या आउदैन। तर, कहिलेकाहीँ वृद्धवृद्धामा क्यान्सर भएको हुन्छ। यस्तो अवस्थामा एपेन्डिसाइटिसको लक्षण देखिन्छ। गर्भवती, बालबालिकाको केसमा एपेन्डिसाइटिसको सुरुवाती अवस्थामै उपचार गर्नुपर्छ।

जुनसुकै पेटको अप्रेसन गरेको मानिसलाई आन्द्रा टाँसिने समस्या हुन्छ। पेट दुख्ने, उल्टी हुने, दिसा रोकिने हुन्छ। यस्तो अवस्थामा अलि ध्यान दिनुपर्ने हुन्छ।

एपेन्डिक्स फुट्दा कस्तो जोखिम हुन्छ ?
एपेन्डिक्स फुटिसकेपछि ४० देखि ५० प्रतिशत जोखिम बढ्ने गर्छ। एपेन्डिक्सको सुरुवाती चरणमा अप्रेसन गर्दा हजारमा एक जनाको मृत्यु हुन्छ भनिएको छ। तर, एपेन्डिक्स फुटेर अप्रेसन गरियो भने सयमा पचास जनाले ज्यान गुमाउने जोखिम हुन्छ। कुनै पनि उपचार राम्रो हुन दुई वटा फयाक्टर चाहिन्छ। एउटा चिकित्सकले राम्रो उपचार गरेको हुनुपर्छ। अर्को बिरामीको शरीरले लिन सक्नुपर्छ। त्यसैले एपेन्डिसाइटिस मात्र नभएर अरु रोगको लागि पनि सुरुवाती अवस्थामा उपचार गर्नु राम्रो हुन्छ।

यस्तो समस्या आउन नदिन के गर्ने ?
एपेन्डिसाइटिस भएको शंका लाग्ने बित्तिकै अस्पताल गएर जाँच गराउने। तनाव नलिने कुनै पनि समस्याको आवश्यकता भन्दा बढी तनाव नलिने, शारीरिक व्ययाम गर्ने, योगा र मेडिटेसन गर्ने, रेसादार खानेकुरा खाने, पानी धेरै खाने, गर्नुपर्छ। जीवनयापन स्वस्थ भयो भने कुनै पनि समस्या आउँदैन।

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार  ७ : १० बजे

गोरखाबाट हिँडेको ‘एकीकरण टर्च र्‍याली’ काठमाडौं आइपुग्यो (तस्बिरहरु)

काठमाडौं – नेपाल एकीकरणको क्रममा पृथ्वीनारायण शाह हिँडेको बाटो पछ्याउँदै

भूमिसम्बन्धी समस्या सरकार र आयोगले समाधान गर्नुपर्छ : सभामुख घिमिरे

बनियानी – प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले मुलुकमा देखिएका भूमिसम्बन्धी समस्या

रविको रिहाइका ३ सन्देश, ७ प्रश्न

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बिहीबार कास्की जिल्ला

प्रधानमन्त्रीलाई खानेपानी मन्त्रालयको ‘ब्रिफिङ’

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले खानेपानी मन्त्रालयका सुधारका काम

साप्ताहिक ब्रिफिङ : रवि धरौटीमा रिहा, जथाभावी लेखे एमालेबाट निकालिने, डढेलोले लस एन्जलस तहसनहस

काठमाडौं– आदरणीय पाठकवृन्द ! खबरहब डटकमले हरेक शुक्रबार एक साताका