शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन ढिलो नगरौँ : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ | Khabarhub Khabarhub

शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन ढिलो नगरौँ : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ


१८ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन अब कुनै पनि बहानामा ढिलाइ गर्न नहुने बताएका छन् ।

सोमबार काठमाडौँको नयाँ बानेश्वरमा आयोजित सङ्क्रमणकालीन न्यायसम्बन्धी सम्मेलनमा बोल्दै पूर्वप्रधानन्यायाधीश श्रेष्ठले विश्व मानचित्रमा द्वन्द्व पीडित देशबाट नेपाललाई शान्तिमय देशमा बदल्नुपर्ने उल्लेख गरे ।

कार्यक्रममा उनले विश्वमा शान्तिमय देशको रूपमा संसारको मानचित्रमा चिनिएको देश भएपनि विश्व मानचित्रमा द्वन्द्वपीडित राष्ट्रमा हामी चित्रित हुन पुगेको उल्लेख गरे ।

पूर्वप्रधानन्यायाधीश श्रेष्ठले सदनमा विचाराधीन सङ्क्रणकालीन न्यायसँग सम्बन्धित विधेयकमा भएका कमीकमजोरी सच्याउन सकिएमा शान्ति प्रक्रियाका बाँकी काम छिट्टै निष्कर्षमा पुग्ने बताए ।

“हामी दिगो शान्तिको बाटोमा छौँ, त्यसको आधार न्याय हो, न्यायलाई इन्कार गरे शान्ति सम्भव हुँदैन”, उनले भने, “कुनै पनि बहानामा सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पु¥याउन विलम्ब गर्न हुँदैन ।”

सदनमा दर्ता भएको विधेयकलाई सर्वस्वीकार्य बनाउनुपर्नेमा जोड दिँदै उनले सङ्क्रणकालीन न्याय प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन सबै पक्षले उदारता देखाउनुपर्ने बताए ।

सशस्त्र द्वन्द्वपछि लडाकुको सेनामा समायोजन र समाजमा पुनःस्थापना, नयाँ संविधान निर्माण भए पनि लामो समयसम्म न्यायनिरुपण हुन नसक्नु दुःखद् भएको उनले बताए ।

उनले वर्तमान सरकारकै पालामा शान्ति प्रक्रिया टुङ्गोमा पुग्ने विश्वाससमेत व्यक्त गरे । पीडितले लामो समयदेखि न्यायको प्रतीक्षा गरिरहेको उल्लेख गर्दै उनले दृढताका साथ लागे यसलाई पनि समाधान गर्न सकिने धारणा राखे ।

शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन पीडितले अन्याय सहनुपर्छ भन्न तर्कसँगै विमति राख्दै उनले न्यायका माध्यमबाट समाधान निकाल्नुपर्ने जनाए ।

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार  १ : १८ बजे

विश्वकप एसिया छनोट : नेपाल र हंकङबीचको खेल रद्द

काठमाडौं– आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटअन्तर्गत आज हुने भनिएको

यस्तो बन्यो संसद् भवन (फोटो फिचर)

काठमाडौं– सिंहदरबारभित्र साढे पाँच वर्ष अघिदेखि निर्माण भइरहेको संसद् भवनको

वैशाखको चौथो साता शेयर बजारमा ‘डेड क्याट बाउन्स’

काठमाडौं– वैशाखको चौथो साता वैशाख २१ गतेदेखि २५ गतेसम्म शेयर

अध्यक्ष माधव नेपालको स्वास्थ्यमा सुधार

 काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार

नेविसंघमा साधारण सदस्यसमेत नरहने गरी कारबाही घोषणा गर्ने होडबाजी 

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) मा