क्रिकेट खेलाडीलाई रकम उपलब्ध गराउन सरकारलाई ज्ञानेन्द्र शाहीको ध्यानाकर्षण « Khabarhub

क्रिकेट खेलाडीलाई रकम उपलब्ध गराउन सरकारलाई ज्ञानेन्द्र शाहीको ध्यानाकर्षण


१८ भदौ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्रबहादुर शाहीले नेपाली क्रिकेट खेलाडीलाई दिने भनिएको रकम उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा उनले विभिन्न देशसँग खेलेर जितेका नेपाली खेलाडीलाई दिने भनिएको रकम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपलब्ध नगराएको भन्दै ध्यानाकर्षण गराएका हुन् ।

सरकार घोषणाअनुसार प्रत्येक १७ लाख रुपैयाँ पाउनुपर्ने भए पनि हालसम्म उपलब्ध नगराएको भन्दै उनले आपत्ति पनि जनाए । भोके पेटमा खेलाडीले क्रिकेट खेलिरहेको भन्दै उनले शुभकामना दिँदैमा मनोबल उच्च नहुने बताए ।

भारतीय क्रिकेट टिमका कप्तान रोहित शर्माले एक वर्षमा २७ करोड आम्दानी गरिरहँदा नेपाली टिमका कप्तान रोहित पौडेलका सात लाख २० हजारभन्दा बढी नभएको भन्दै उनले क्रिकेट खेलाडीलाई दिने भनिएको रकम दिन आग्रह गरे ।

प्रकाशित मिति : १८ भदौ २०८०, सोमबार  १ : २८ बजे

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : रेडक्रस

कठमाडौँ– ब्लड बैकमा रगतको मौज्दात सकिएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदानका

राष्ट्रव्यापी गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु

काठमाडौँ– नेपालका पौराणिक तीर्थस्थलहरूको प्रचार गरी धार्मिक पर्यटनको प्रवर्द्धन, राष्ट्रिय

कालीगण्डकीमाथि बञ्जीको मज्जा (तस्बिर)

बागलुङ– अजङ्गको भीरमा फलामका लठ्ठा तानेर बनाइएको पुल ! देख्दै

इजरायलमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने एग्जिट पोलहरुको प्रक्षेपण

काठमाडौँ– इजरायलमा सम्पन्न आमनिर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने

दुर्गमका नागरिकले पनि समान सेवासुविधा पाउनु पर्छ : हर्क साम्पाङ

हुम्ला– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम