जबर्जस्ती करणीको आरोपमा तथ्याङ्क कार्यालय चितवनका हाकिम पक्राउ « Khabarhub

जबर्जस्ती करणीको आरोपमा तथ्याङ्क कार्यालय चितवनका हाकिम पक्राउ


१८ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


636
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जबर्जस्ती करणीको आरोपमा तथ्याङ्क कार्यालय चितवनका प्रमुख यज्ञमूर्ति भण्डारी पक्राउ परेका छन् । तीन वर्षयता कार्यालयमा कार्यरत महिलालाई यौनशोषण गरेको अभियोगमा उनलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार ती महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा पक्राउ गरिएको हो ।

पीडितका भाइले किटानी जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको हो । जिल्ला अदालत चितवनमा आज मिति थप गरी अनुसन्धान अघि बढाइएको छ ।

गत वैशाख १२ देखि नै महिनावारी रोकिएको र चार महिना नाघेको गर्भपतन गराउँदा महिलाको अवस्था गम्भीर भएपछि घटना बाहिर आएको हो । ती महिलाको अहिले भरतपुर अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको छ ।

स्थानीय क्लिनिकमा गर्भपतनका क्रममा अत्यधिक रक्तस्राव भएपछि थप उपचारका लागि भरतपुर अस्पताल लगिएको हो । अस्पतालमा क्लिनिककै चिकित्सकले पु¥याएपछि आफन्त नआउँदा सोधखोज गर्ने क्रममा घटनाको वास्तविकता बाहिर आएको हो । नवलपरासीको सुनवल नगरपालिका–१२ निवासी ४४ वर्षीय भण्डारी अधिकृत स्तरका कर्मचारी हुन् ।

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार  ६ : ५८ बजे

विपद् प्रभावितको उद्धार र पुनःस्थापनालाई समन्वयात्मक रूपमा अघि बढाउन पूर्वराष्ट्रपति भण्डारीको आग्रह

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले देशका विभिन्न भागमा अविरल वर्षापछिको

साहित्य र कला क्षेत्रको संरक्षण तथा सम्वर्द्धन गर्न प्रतिबद्ध छु : सभामुख अर्याल

काठमाडौं – प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले साहित्य, कला तथा संस्कृति

आजका समाचार : कांग्रेसको किचलो उग्र, धेरै पछि ओली झापामा, मनाइयो भारतको स्वतन्त्रता दिवस

जेन-जी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा

आइतबार आयल निगमले उपत्यकाका ७ स्थानबाट ग्यास बिक्री गर्ने 

काठमाडौं– नेपाल आयल निगमको समन्वयमा (भोलि) आइतबार काठमाडौं उपत्यकाका विभिन्न

आदिवासी जनजातिको अधिकारका सवालमा एमाले प्रतिबद्ध छ : ओली

इलाम– पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधानले सुनिश्चित